अमेरिकामा राष्ट्रपति चुनाव : ह्यारिससंग ट्रम्पले दोश्रो बहस नगर्ने


प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार

अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले प्रतिद्धन्दी कमला ह्यारिससंग दोश्रो बहस गर्न अस्वीकार गर्नुभएको छ । फिलाडेल्फियामा भएको पहिलो बहसपछि ट्रम्पले दोश्रो बहस नगर्ने घोषणा गर्नुभएको हो ।

दोश्रो बहस नगर्नुको कारण भने ट्रम्पले कमला ह्यारिस नै रहेको बताउनु भयो । ह्यारिस उपराष्ट्रपति हुनुहुन्छ । उहाँले सम्र्पुण समय काममा फोकस गर्नुपर्दछ ट्रम्पले भन्नुभएको छ ।

उहाँले ह्यारिस अभियानले दोश्रो बहस माग गर्नुको अर्थ पहिलो बहसमा हारेको हो भन्ने बुझ्नु पर्दछ भन्नुभयो । खेल हारेको खेलाडीले पुन खेल्न पाउनु पर्दछ भनेर माग गर्नु अस्वभाविक होइन ट्रम्पले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

उहाँले पहिलो बहस आफुले जितेको दावी गर्दै एरिजोनामा ¥याली समेत आयोजना गर्नुभयो । ट्रम्प समर्थकहरुले एबीसी टेलिभिजनमा बहसको मध्यस्तता गर्ने दुईजना पक्रकारहरुलाई ह्यारिसको पक्षमा झुकाव राखेको आरोप लगाएका छन ।

ह्यारिस समर्थकहरुले दोश्रो बहसका लागि ह्यारिस तयार छिन , ट्रम्प छन कि छैनन भनेर अभियान चलाइरहेको बेला दोश्रो बहसका लागि ट्रम्पले देखाएको अस्वीकृतिले प्रतिश्पर्धीहरुलाई हौसाएको छ । ह्यारिसप्रति बढ्दै गएको समर्थनको गतिलाई बहसले रोक्न सकिदैन भन्ने मनन गरेर ट्रम्पले दोश्रो बहस अस्वीकार गरेको आलोचकहरुको बुझाइ रहेको छ ।

बिश्लेषकहरुले मंगलबार ९० मिनेट चलेको बहसमा ट्रम्प बिरुद्ध ह्यारिस हावी भएको बताएका छन । मंगलबारको बहस झण्डै ७ करोडले हेरेका थिए ।

पछिल्ला सर्भेक्षणहरुले ह्यारिसको पक्षमा जनमत बढीरहेको देखाएका छन । तर जनमत सर्भेक्षण , बहस एकजनाले जित्ने राष्ट्रपतिको चुनाव अर्कोले जित्ने संभावनालाई पनि नकार्न सकिदैन । अमेरिकामा नोभेम्वर ५ मा राष्ट्रपति चुनाव हुदैछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com