लामो दुरीका हतियारमा लगाइएको प्रतिबन्ध नहटाउन अमेरिका र नेटोलाई पुटिनको चेतावनी


प्रकाशित मिति : भाद्र २८, २०८१ शुक्रबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटो गठबन्धनका नेताहरुलाई युद्ध सुरुहुन सक्ने चेतावनी दिनुभएको छ ।

अमेरिका र युरोपेली देशका नेताहरुलाई चेतावनी दिदै पुटिनले युक्रेनलाई लामो दुरीका मिसाइलहरुको प्रतिबन्ध हटाए त्यसको नतिजा राम्रो नहुने बताउनु भएको हो ।

यदि उनीहरुले प्रतिबन्ध हटाउछन भने हामीले बुझनु पर्दछ कि रुस , अमेरिका र युरोपका देशहरुबिचमा युद्ध सुरु भयो पुटिनले भन्नुभयो ।
रुसको भित्रिभाग सम्मलाई लक्षित गरेर मार हान्न सक्ने मिसाइलहरु युक्रेनलाई सहयोग गर्ने र प्रतिबन्धहरुलाई हटाउने बिषयमा अमेरीका र युरोपका देशहरुले संकेत गरिरहेका बेला पुटिनको चेतावनी बाहिर आएको हो ।

पुटिले भन्नुभयो हामीमाथी प्रहार हुन्छ भने सुरक्षा र प्रतिरोधका लागि रुस सक्षम छ । लामो दुरीका पश्चिमा मिसाइलहरुमाथीको प्रतिबन्ध हटाउनु भनेको युद्धको कार्य मानिने छ उहाँले भन्नुभएको छ ।

युक्रेनले लामो दुरीका मिसाइल प्रयोगमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरिरहेको छ । अमेरिका र पश्चिमा देशहरुले सकारात्मक संंकेत देखाइरहेका छन ।

इरानमा निर्मित हतियारहरु रुसले प्रयोग गरेको पुष्टि भएको भन्दै अमेरिका र पश्चिमा देशहरुले युक्रेनलाई थप सहयोग गर्ने र कायम रहेका प्रतिबन्धहरु हटाउने तयारी थालेका छन ।

युक्रेनको भ्रमण सकेर अमेरिकी बिदेशमन्त्री एन्टोनी व्लिन्केन स्वदेश फर्किनु भएपछि घटनाक्रमहरु थप बिकसित हुदैगएका हुन ।

व्लिन्केनको पछिल्लो भ्रमणले युक्रेनका साझेदारहरु अमेरिका र नाटोबिचको रणनैतिक सम्बन्धलाई थप बलियो बनाएको देखिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा बनेका र अमेरिकी पाटपुर्जा प्रयोग भएका लामो दुरीका हतियार युक्रेनको सिमापारसम्मको प्रहारलाई अनुमति अहिले सम्म दिनुभएको छैन । द्धन्द्धले फरक रुप लिने हो कि भन्ने चिन्ता अमेरिकालाई रहेको देखिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com