ट्रम्प र ह्यारिस जीवन बिरोधी रहेको पोप फ्रान्सिसको आरोप


प्रकाशित मिति : भाद्र २९, २०८१ शनिबार

पोप फ्रान्सिसले अमेरिकामा राष्ट्रपतिका उम्मेदवारहरु दुवैजना जीवन बिरोधी रहेको आरोप लगाउनु भएको छ । उहाँले डोनाल्ड ट्रम्प र कमला ह्यारिस दुवैजनाले गर्भपतन र आप्रवासनका मुद्धामा जीवन बिरोधी नीति लिएको बताउनु भएको हो ।

आप्रवासीलाई निकाल्ने होस या बच्चाहरुलाई मार्ने दुबै जीवनका बिरुद्धमा छन फ्रान्सिसले भन्नुभयो । फ्रान्सिसले राष्ट्रपति चुनावका लागि उम्मेदवार दुइजना छन , दुवै जना दुष्ट छन तर कम दुष्ट छान्नुपर्ने बाध्यता अमेरिकी क्याथोलिकहरुसंग रहेको बताउनु भयो ।

चुनावका ताता मुद्धाहरु गर्भपतन र आप्रवासन क्याथोलिक चर्चका लागि चिन्ताको बिषय भएको उहाँले बताउनु भयो । उहाँले चर्चले गर्भपतनलाई कुनै पनि हालतमा मान्यता नदिने प्रष्ट पार्नुभयो ।

फ्रान्सिसले आप्रवासनलाई धर्मशास्त्रमा बर्णन गरिएको अधिकार र गर्भपतनलाई मानिसको हत्या गर्नु हो भन्नुभयो । भोट दिनु पर्दछ । मतदान गर्ने नागरिकको कर्तव्य हो । भोट कम खरावलाई दिनुपर्दछ । कम दुष्ट र खराव महिला हो या पुरुष उम्मेदवार त्यो छान्ने विवेक अमेरिकी जनतासंग रहेको फ्रान्सिसले अपेक्षा गरेको बताउनु भयो ।

आप्रवासनलाई रोक्ने र गर्भपतनलाई स्वीकार गर्नेहरु मानवता बिरोधी रहेको फ्रान्सिसले आरोप लगाउनु भयो । आफु अमेरिकन नभएको र मतदान पनि नगर्ने उहाँले बताउनुभयो ।

अमेरिकामा राष्ट्रपति चुनाव नजिकीदै जाँदा ट्रम्प र हरिसको बिषयमा नयाँनयाँ धारणा र अनुमानहरु बाहिर आइरहेका छन । आफु अमेरिकन नभएको र मतदान पनि नगर्ने उहाँले बताउनुभयो । नोभेम्वर ५ मा अमेरिकामा राष्ट्रपति चुनाव हुदैछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com