अमेरिकी राष्ट्रपति चुनाव : सुनीता र बुचले अन्तरिक्षबाटै मतदान गर्ने


प्रकाशित मिति : भाद्र २९, २०८१ शनिबार

नासाका अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोरले आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आइएसएस० बाट मतदान गर्न उत्सुक रहेको बताउनुभएको छ ।

अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको एक हप्तापछि आयोजित पत्रकार सम्मेलनमा विलियम्स र विल्मोर आइएसएसबाट सहभागी हुनुभएको न्यूओर्क टाइम्सले जनाएको छ ।

अन्तरिक्ष यात्रीले मतदानमा नागरिकको महत्त्वपूर्ण भूमिका रहेको भन्दै मतपत्रका लागि अनुरोध गरेको बताउनुभएको छ ।

मैले मतपत्रका लागि अनुरोध पठाएको छु । हामीले केही हप्तामा मतपत्र प्राप्त गर्नेछौँ विल्मोरले भन्नुभयो । मतदानको अधिकार नागरिकको एक महत्वपूर्ण अधिकार हो, नासाले प्रदान गरेको यस अवसरका लागि हामी उत्साहित छौं ।

टेक्सास विधायिकाले नासाका कर्मचारीलाई अन्तरिक्षबाट मतदान गर्न अनुमति दिने विधेयक पारित गरेपछि अन्तरिक्ष यात्रीहरूले सन् १९९७ देखि अन्तरिक्षबाट मतदान गर्दै आएको न्युयोर्क पोस्टले जनाएको छ ।

त्यस वर्ष नासाका डेभिड वुल्फ अन्तरिक्षबाट मतदान गर्ने पहिलो अन्तरिक्ष यात्री बन्नुभयो । सन् २०२० मा नासाकी अन्तरिक्ष यात्री केट रुबिन्सले पनि अन्तरिक्षबाट आफ्नो नागरिक कर्तव्य पालना गर्नुभएको थियो ।

सुनीता र बुचको यो जोडी गत जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा चढेर अन्तरिक्ष पुगेका थिए । यानमा हिलियम लिक र थ्रस्टरमा समस्या देखिएपछि दुई अन्तरिक्ष यात्री निर्धारित समयमा पृथ्वीमा फर्किन नसकेका हुन् ।

अन्तरिक्ष यान स्टारलाइनरलाई यसको चालक दलबिना पृथ्वीमा फिर्ता गर्ने निर्णय गरियो । तीन महिनाभन्दा बढी अन्तरिक्षमा रहेपछि सेप्टेम्बर ६ मा सफलतापूर्वक पृथ्वीमा फर्काइयो ।

दुबै अन्तरिक्ष यात्रीलाई स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानबाट आगामी वर्षको फेब्रुअरीमा पृथ्वीमा फर्काइने तय भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com