ट्रम्प र ह्यारिसको आप्रवासन र विदेश नीतिको प्रभाव चुनावमा कस्तो रहला ?


प्रकाशित मिति : भाद्र २९, २०८१ शनिबार

अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति चुनावका उम्मेदवारहरु डोनाल्ड ट्रम्प र कमला ह्यारिस चुनावी प्रचार अभियानमा जुटिरहनु भएको छ । उहाँहरुका समर्थकहरु पनि विभिन्न अभियान मार्फत लागिरहेका छन । ट्रम्प र ह्यारिसबिच पहिलो सार्बजनिक बहस सम्पन्न भइसकेको छ ।

दोश्रो कार्यकालका लागि प्रतिश्पर्धामा रहनु भएका ट्रम्प र मौजुदा उपराष्ट्रपति एवं राष्ट्रपति पदका उम्मेदवार ह्यारिसले आप्रवासन र बिदेश नीतिलाई चुनावी मुद्धाका रुपमा सशक्त उठान गरिरहनु भएको छ ।

उपराष्ट्रपति रहेकाले धेरैलाई ह्यारिसले आप्रवासको मुद्धालाई कसरी अगाडी बढाउनु होला भन्ने लागि रहेको छ ।

ह्यारिसलाई देशको दक्षिणी सीमामा आप्रवासीहरूको भीड नियन्त्रण गर्ने जिम्मेवारी दिइएको छ । अबैध ढंगबाट मानिसहरुलाई आउन रोक्ने उदेश्यले बाइडेन प्रशासनले दक्षिणी सीमा क्षेत्रमा अरबौं डलरको निजी लगानी समेत गरेको देखिन्छ ।

तर पनि २०२३ को अन्तमा, मेक्सिकोबाट ठुलो संख्यामा आप्रवासीहरू सीमा पार गरेर संयुक्त राज्य अमेरिका प्रवेश गरेका थिए । अहिले यो संख्या घटेको तथ्याङकहरुले देखाएका छन ।

हालको चुनावी अभियानका क्रममा ह्यारिसले दक्षिण अमेरिकी देशबाट अमेरिका आउने आप्रवासीलाई लिएर कडा अडान लिनु भएको छ । उहाँले आफनो कानुनी पृष्ठभूमि मानव बेचबिखन रोक्न धेरै उपयोगी हुने बताइरहनु भएको छ ।

डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई रोक्न सीमा नै बन्द गर्ने वाचा गर्नुभएको छ । सीमा क्षेत्रमा सुरक्षा बलको तैनाथी बढाउने वकालत गरिरहनु भएको छ ।

तर उहाँले रिपब्लिकन समर्थकहरूलाई ह्यारिसले समर्थन गरेको कडा र क्रस–पार्टी सीमा विधेयकलाई समर्थन नगर्न अपील पनि गर्न छोड्नु भएको छैन ।

ट्रम्पले जिते अमेरिकी इतिहासकै सबैभन्दा ठूलो गैरकानुनी आप्रवासीलाई देश निकाला गरिने बताउनु भयो । यद्यपि, विज्ञहरूले ट्रम्पले त्यस्तो कदम चालेमा अदालतमा चुनौती दिन सकिने बताएका छन् ।

बिदेश नीतिका सन्र्दभमा ह्यारिसले रुससँगको युद्धमा युक्रेनलाई दिएको सहयोग जारी रहने बताउनु भएको छ । आफुले जिते २१औँ शताब्दी चीनको नभई अमेरिकाको होस् भन्ने कुरा सुनिश्चित गर्ने बताउनु भयो ।

ह्यारिस लामो समयदेखि इजरायल–प्यालेस्टाइन मुद्दामा दुई–राज्य सिद्धान्तको समर्थक रहनु भएको थियो । उहाले गाजामा युद्ध जतिसक्दो चाँडो अन्त्य हुनुपर्ने बताउनु भयो ।

जबकि ट्रम्प भने एक पृथक विदेश नीति को वकालत गर्नुहुन्छ । उहाँ अमेरिकालाई संसारको कुनै पनि ठाउँमा हुने द्वन्द्वबाट टाढा राख्न चाहेको बताउनुहुन्छ ।

उहाँले रुससँग सम्झौता गरेर २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने समेत बताउनु भएको छ ।

जबकि डेमोक्रेटिक पार्टीले यसबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बलियो बनाउने बताएको छ ।

ट्रम्पले आफूलाई इजरायलको कट्टर समर्थकका रूपमा प्रस्तुत गर्नुभएको छ । तर उहाँले गाजा युद्धको अन्त्य कसरी गर्ने भन्ने बारेमा प्रष्ट खाका पेश गर्नुभएको देखिदैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com