ट्रम्पको हत्या प्रयास युक्रेन समर्थक अभियन्ताले गरेको खुलासा , जेलेन्स्कीद्धारा हत्या प्रयासको निन्दा


प्रकाशित मिति : भाद्र ३१, २०८१ सोमबार

युक्रेन समर्थक अभियन्ताले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्डको ट्रम्पको हत्या प्रयास गरेको खुलासा भएको छ । आइतबार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भयो ।

सन्दिग्ध व्यक्ति ५८ वर्षका र्यान वेस्ले रुथ हुन् । किभ गएर आइसकेका उनीले रुससँगको युक्रेनी युद्धमा विदेशी लडाकुलाई भर्ती गराउन समेत प्रयास गरेका थिए ।

फ्लोरिडास्थित ट्रम्प इन्टरनेशनल गल्फकोर्समा गल्फ खेलिरहेको समयमा मार्ने प्रयास भएको थियो । झाडीबाट गल्फकोर्सतिर एके–४७ शैलीको बन्दुक तेर्स्याइरहेको देखेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले गोली हानेका थिए ।

गोली भने उनलाई लागेन । त्यसपछि ति व्यक्ति कारमा भागेका थिए । तर उनलाई त्यहाँको प्रहरीले पक्राउ गरिसकेको छ ।

यसैबिच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासको निन्दा गर्नुभएको छ ।

गोली हान्न खोजिरहेका व्यक्तिलाई पक्राउ गरिएकोमा जेलेन्स्कीले राम्रो भन्नुभएको छ । उहाँले संसारमा हिंसाको कतै पनि ठाउँ नभएको उल्लेख गर्नुभएको छ ।

ट्रम्पमाथि यस अघि पनि आक्रमणको प्रयास भएको थियो । दुई महिनाअघि पेन्सिल्भेनियाको एउटा र्यालीमा पनि ट्रम्पमाथी हमला भएको थियो ।

उक्त हमलामा ट्रम्प माथि गोली प्रहार भएको थियो । ट्रम्प र कमला ह्यारिसकाबिचमा टक्कर चलिरहेको बेला हत्याको दोश्रो प्रयासले चुनावी माहौललाई कुन दिशातर्फ लैजाने हो यसै भन्न सकिने अबस्था देखिएको छैन ।

नोभम्बर ५ मा अमेरिकामा राष्ट्रपतिको चुनाव हुदैछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com