विश्वकप क्रिकेट लिग-२ : क्यानडासँग नेपाल १०३ रनको फराकिलो अन्तरले पराजित


प्रकाशित मिति : भाद्र ३१, २०८१ सोमबार

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा क्यानडासँग नेपाल १०३ रनको फराकिलो अन्तरले पराजित बनेको छ ।

क्यानडाको किंग सिटीस्थित मेपल लिफ नर्थ वेस्ट ग्राउन्डमा भएको खेलमा क्यानडासँग नेपाल १०३ रनले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन मात्रै बनाउन सक्यो । ओडिआईमा क्यानडासँग नेपालको यो पहिलो हार हो ।

तस्वीर : फाइल

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com