अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा , गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन प्रयास गर्ने


प्रकाशित मिति : आश्विन २, २०८१ बुधबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन कायरो पुग्नुभएको छ ।

लगभग एक वर्षअघि गाजामा युद्ध सुरु भएदेखि मध्यपूर्वको आफ्नो १०औँ यात्रामा ब्लिन्केनले इजिप्टका अधिकारीहरूसँग वार्ताको प्रयासलाई सम्बोधन गर्ने अमेरिकी विदेश विभागले जनाएको छ ।

ब्लिन्केनले भेटका क्रममा इजिप्टका नेता अब्देल फताह अल–सिसीसँग भेट्ने र विदेशमन्त्री बद्र अब्देलात्तीसँग पत्रकार सम्मेलन गर्ने अपेक्षा गरिएको छ ।

विदेशमन्त्री ब्लिन्केनको कायरो वार्ताबाट कुनै सफलताको अपेक्षा नगरेको देखिन्छ । तर इजरायल र हमास बीचको सम्झौताको लागि दबाब अभियान जारी राख्नु भ्रमणको मुख्य उद्देश्य रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

लेबनन सशस्त्र समूह हिज्बुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोटन भएपछि ब्लिन्केनले इजिप्टको भ्रमण गर्नुभएको हो ।

घटनामा २ बालिकासहित १२ जनाको मृत्यु भएको थियो । करिब २ हजार ८०० जना घाइते भएका थिए । हेजबुल्लाहले इजरायललाई उक्त आक्रमणको दोषी ठहराउँदै बदला लिने चेतावनी दिएको छ ।

मिलरले यस घटनामा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेको र यस घटनाको बारे पूर्वजानकारी नभएको बताउनुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com