पेजर र वाकिटकी विष्फोटपछि लेबनानको हेजबुल्लाह समुह अव्यवस्थित


प्रकाशित मिति : आश्विन ३, २०८१ बिहीबार

सञ्चार उपकरणमा भएको बिष्फोटका घटनाले लेबनानको हेजबुल्लाह समुहलाई अव्यवस्थित बनाएको छ ।

हेजबुल्लाहले एकआपसमा सञ्चार गर्न प्रयोग गर्ने हाते पेजर एकै साथ विस्फोट हुँदा लेबनानभरी दुई बालबालिकासहित १४ जनाको मृत्यु भएको थियो । वाकिटकी पड्कदा २० जना भन्दा धेरैको मृत्यु भएको थियो ।

दुबै घटनामा ३ हजार भन्दा बढी घाइते भएका छन । कैयौको अबस्था गम्भीरहेको बताइएको छ ।

इजरायलले उक्त घटनाबारे कुनै टिप्पणी गरेको छैन । कतिपयले पेजर र वाकी–टकी विस्फोटले इजरायल र हेजबुल्लाहलाई पूर्ण रुपमा युद्धको सँघारमा पुर्याएको बताएका छन ।

मध्यपूर्वमा तनाव बढ्दै जाँदा संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र इटालीका वरिष्ठ कूटनीतिज्ञहरू रिसमा भेटवार्ता गर्ने स्रोतले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले कायरोमा गाजा युद्धविरामको सम्भावनाबारे छलफल गरेपछि फ्रान्सको राजधानीमा आफ्ना समकक्षीसँग वार्तामा सहभागी हुनुहुनेछ ।

लेबनानका विदेशमन्त्री अब्दल्लाह बोउ हबीबले हालको पेजर विस्फोटको घटना लेबनानको सार्वभौमिकता र सुरक्षामा स्पष्ट आक्रमण भएको बताउनु भएको छ । उहाँले पछिल्लो घटनाले युद्ध तर्फ अगाडी बढाएको चेतावनी दिनुभयो ।

हेजबुल्लाहले इजरायल यस आपराधिक आक्रमणका लागि पूर्ण रूपमा जिम्मेवार रहेको बताउदै बदला लिने वाचा गरेको छ ।

विश्लेषकहरुले पेजर हेजबुल्लाहलाई सुम्पिनुअघि अपरेटिभहरूले सम्भवतः विस्फोटक जडान गरेको हुनसक्ने बताएका छन् ।

विस्फोटको बारेमा लेबनानी अनुसन्धानको प्रारम्भिक निष्कर्षले पेजरमा बुबी–ट्र्याप जडान गरिएको फेला परेको एक सुरक्षा अधिकारीले बताउनुभयो ।

हेजबुल्लाहको नजिकको स्रोतले पेजरहरू भर्खरै आयात गरिएको र उपकरण तोडफोड गरिएको देखिने जानकारी गराएको छ ।

आफ्नो सञ्चार सुरक्षाको बारेमा पहिले नै चिन्तित रहेको हेजबुल्लाहलाई यस आक्रमणले ठुलो झट्का दिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com