ह्यारिस यहूदी र इजरायल बिरोधी भएको ट्रम्पको आरोप


प्रकाशित मिति : आश्विन ४, २०८१ शुक्रबार

अमेरिकी राष्ट्रपति पदका रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने चुनाव आफुले हारेमा त्यसको आंशिक दोष अमेरिकामा रहेका यहूदी मतदातालाई जाने बताउनु भएको छ ।

चुनावमा हार्ने संभावना त छैन तर अप्रत्यासीत परिणाम आयो भने यहूदी मतदाताको कारणले पनि हो भनेर आफुले बुझ्ने दावी गर्नुभएको हो ।

उहाँले प्रतिश्पर्धी कमला ह्यारिसलाई खराव डेमोक्रयाट्सको संज्ञा दिनुभयो । ड्मोक्रयाट्सहरु इजरायलका लागि नराम्रो गर्दछन उनीहरु धेरै खराव छन ट्रम्पले भन्नुभयो ।

यहूदी अमेरिकनहरुले ह्यारिसलाई मतदान गर्ने सोच बनाइरहेका खबर आइरहेका बेला ट्रम्पले त्यसो नगर्न र मतदान गर्नुपुर्ब एकपटक राम्रो संग सोचबिचार गर्न आग्रह गर्नुभएको हो । एउटा स्थानीय सर्भेक्षणले ६० प्रतिसत यहूदी मतदाता ह्यारिसको पक्षमा देखाएको थियो ।

इजरायलको इतिहासका लागि अमेरिकी चुनाव निक्कै महत्वपुर्ण रहेको बताउदै ट्रम्पले भन्नुभयो : ह्यारिसले चुनाव जितेका यहूदी राज्यको उन्मुलन हुनेछ र पृथ्वीको अनुहारबाट मेटाइने छ ।

उहाँका अनुसार इजरायलको अस्थित्व पनि समाप्त हुनेछ । इजरायललाई जोगाउने र यहूदीको राज्य बचाइराख्ने हो भने आफुलाई मतदान गर्न उहाँले आग्रह समेत गर्नुभयो । ह्यारिसलाई हमासको सहानुभूति र इजरायललाई घृणा गर्नेहरुको समर्थन रहेको ट्रम्पको आरोप रहेको छ ।

इजरायलको राजधानीलाई मान्यता दिएको , जेरुसेलमा दूतावास खोलेकोले इजरायलको सबैभन्दा नजिकको मित्र आफु भएको ट्रम्पले दावी गर्नुभयो ।

ट्रम्पले ह्यारिसलाई यहूदी र इजरायल बिरोधीभन्दै प्रचार गरिरहनु भएको छ ।

अमेरिकामा नोभेम्वर ५ मा राष्ट्रपति पदका लागि चुनाव हुदैछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com