आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज दोश्रो पटक क्यानडाको सामना गर्दै


प्रकाशित मिति : आश्विन ६, २०८१ आईतबार

नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले दोश्रो पटक क्यानडाको सामना गर्न लागेको हो ।

यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् ।

नेपालका युवा अलराउण्डर गुलशन झाले भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी एकै खेलमा पाँच विकेट लिने र अर्धसतक वनाउने खेलाडी समेत बनेका थिए ।
यसपटक लिग २ मा नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट भएको थियो ।

७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो ।

आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्ने कार्यतालिका रहेको छ । सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा ८ वटा टोलीको सहभागिता छ । तालिकामा नेपाल ६ खेलमा २ अङ्कसहित सातौँ स्थानमा छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com