सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी जोशी पक्राउ , छानबिन समितिको प्रतिवेदन कार्यन्वयन गर्न गृहमन्त्रीको निर्देशन


प्रकाशित मिति : आश्विन ६, २०८१ आईतबार

नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी ठगी प्रकरणमा काठमाडौंबाट जोशीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिनुभएको थियो ।

पक्राउ परेका जोशीलाई प्रहरीले पोखरा लगेको छ । जोशी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुनुहुन्छ ।

सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।

जीवी राई र छविलाल जोशीको आधा-आधा लगानीमा गोर्खा मिडिया नेटवर्क खोलेका प्रतिबेदनमा उल्लेख छ । त्यसभन्दा अघि नै नेटवर्किङ व्यवसायमा साझेदारी गरेका थिए ।

आफ्नो १५ प्रतिशत शेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई जोशीले दिनुभएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

सहकारी छानबिन समितिले जीवी राई सहित कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानून अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

यसअघि सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँबरलाई निर्देशन दिनुभएको थियो ।

मन्त्री परिषदको बैठकले छानबिन समितिको प्रतिबेदन कार्यन्वयन गर्न सम्वन्धित मन्त्रालयमा पठाएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com