लेबनानको सीमानामा तनाव नबढाउन इजरायललाई अमेरिकाको सुझाव


प्रकाशित मिति : आश्विन ७, २०८१ सोमबार

अमेरिकाले लेबनानको सीमानामा तनाव बढाउने गतिबिधी नगर्न इजरायललाई सुझाव दिएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले लेबनान सीमामा बढ्दो तनाव उसको हित विपरीत हुने विश्वास गरेको बताउनु भयो ।

उहाँले इजरायली अधिकारीहरूलाई सैन्य द्धन्द्धलाई वढाउनु कसैको हितमा नभएको बताउनु भयो ।

जोन किर्बीले भन्नुभयो परिवारलाई त्यहाँ फिर्ता ल्याउने उत्तम उपाय भनेको कूटनीति हो ।

यसैबिच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल लेबनान सीमामा रहेका मानिसहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फर्काउन आवश्यक पर्ने कुनै पनि कदम चालिने बताउनु भएको छ ।

नेतान्याहुले इरान समर्थित समुह हिजबुल्लाहले सीमामा रहेका ६० हजार इजरायलीहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको बताउनु भयो ।

गत अक्टोवर ८ देखि एक दिन पनि आक्रमण हेजबुल्लाहले नरोकेको भन्दै कुनै पनि देशले आफ्ना शहरहरूमा लगातार मिसाइल आक्रमणहरू स्वीकार गर्न नसक्ने चेतावनी दिनुभयो ।

पेजर र वाकिटकी बिष्फोट , इजरायली सेनाको कारवाहीमा उच्च कमान्डरसहित दर्जन बढीको मृत्यु भएपछि हेजबुल्लाहले इजरायलमाथी हमला बढाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com