आईसीसी विश्वकप क्रिकेटः नेपाल र ओमानले अंक बाँडे


प्रकाशित मिति : आश्विन ८, २०८१ मंगलबार

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत हुने भनिएको नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

क्यानडाको किङसिटीमा हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १।१ अङ्क बाँडेका छन् ।

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत चौथो खेल खेल्न लागेको थियो ।

शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

लिग–२ को अङ्क तालिकामा नेपाल आठ खेलपछि तीन अङ्कका साथ सातौ स्थानमा छ भने ओमान भने सात खेलमा छ अङ्कका साथ छैटौं स्थानमा छ ।

उक्त एकदिवसीय शृङ्खलापछि अब नेपालले क्यानडामै आयोजना हुने क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला खेल्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com