पहिरोमा पुरिएर आमाछोरी र श्रीमान श्रीमतीको मृत्यु , ९ जना बेपत्ता


प्रकाशित मिति : आश्विन ११, २०८१ शुक्रबार

देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै पहिरो जाँदा कम्तीमा ९ जना बेपत्ता भएका छन् ।

पाँचथरको फिदिम नगरपालिका-४ चिसापानीमा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ।

फिदिम १२ घर भएकी २४ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई बिहान ४ बजेतिर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी ) हेमन्त भण्डारीले जानकारी दिनुभयो । केही टाढा डेरा गरी बस्ने उनीहरू शुक्रबार राति साथीको घरमा सुत्न आएको प्रहरीले जनाएको छ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ७ मा भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले बताएको छ ।

यसैगरी काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-११ थुम्कीमा पहिरोले घर लग्दा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा भण्डारी दम्पतीसहित पाँचजना बेपत्ता भएका हुन्।

झापामा बाढीमा बगेर दुई जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले झापाको कमल गाउँपालिका र कचनकवल गाउँपालिकामा एक–एक जनालाई बगाएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com