आँधीका कारण अमेरिकामा ४३ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन ११, २०८१ शुक्रबार

दक्षिण पूर्वी अमेरिकामा आएको हेलेन आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । लाखौं मानिसहरू बिजुली बिना बस्न बाध्य भएका छन्।

बाढीको पानीमा फसेका मानिसहरूलाई उद्धार गर्नका लागि डुंगा, हेलिकप्टर र ठूला सवारी साधनहरूको प्रयोग भइरहेको स्थानीय प्रशासनले बताएको छ।

टेनेसीको एक अस्पतालको छतमा फसेका करिब ५० कर्मचारी र बिरामीहरूलाई पनि उद्धार गरिएको छ ।

बिहीबार राति समुद्री तटमा ठोक्किएपछि यो फ्लोरिडाको तटमा पुगेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आँधी हो । अहिले उक्त आँधी उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ अघि बढेको छ।

यस आँधीका कारण अर्बौं डलरको क्षति भएको बीमा कम्पनीहरू र वित्तीय संस्थाहरूले बताएका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com