हिजबुल्लाहका बरिष्ठ नेता नसरल्लाहलाई लक्षित गरि इजरायलको हमला , पछिल्लो विवरण नआएको अमेरिकी अधिकारीको भनाई


प्रकाशित मिति : आश्विन १२, २०८१ शनिबार

इजरायलले हिजबुल्लाहका बरिष्ठ नेता हसन नसरल्लाहलाई लक्षित गरि हमला गरेको छ । तर इजरायली अधिकारीहरुले नसरल्लाह मारिएको हो या होइन भन्ने अबस्था अझै नरहेको बताएका छन ।

अमेरिकी अधिकारीहरुले नसरल्लाहको अवस्थाबारेमा कुनै जानकारी नभएको बताएका छन । यो हवाई आक्रमणले दहियेमा रहेको हिज्बुल्लाहको बलियो गढमा केही भवनहरूमा क्षति पुर्याएको छ ।

जुन बेइरुतको दक्षिणी भागमा पर्छ। इजरायल रक्षा बल (IDF) का प्रवक्ताले हिज्बुल्लाह मुख्यालयमा एकदमै सटीक हमला गरिएको बताएका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयले पछिल्लो जानकारीमा शुक्रबारको आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको र ९१ जना घाइते भएको जनाएको छ।

यी हवाई आक्रमणहरू इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघ महासभामा गरेको भाषण पछि भएका हुन ।

जहाँ उनले अन्तर्राष्ट्रिय युद्धविरामको आह्वानको बाबजुद हिज्बुल्लाहमाथि आक्रमण जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । शुक्रबार उनको कार्यालयले नेतन्याहुले आफ्नो न्यूयोर्क भ्रमण छोट्याएर इजरायल फर्कने योजना बनाएको बताएको छ।

बिहानको सुरुका घण्टाहरूमा इजरायली सेनाले बेरुतमा हिज्बुल्लाहका लक्ष्यहरूमा आक्रमण गरिरहेको जनाएको थियो । यसअघि IDF ले दक्षिणी उपनगरका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

रातभरका तस्वीरहरूले बेरुतको आकाशमा धुवाँको मुस्लो फैलिरहेको देखाएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com