ह्यारिस मानसिक रुपमा कमजोर जन्मिएको व्यक्ति भएको ट्रम्पको आरोप


प्रकाशित मिति : आश्विन १२, २०८१ शनिबार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसलाई मानसिक रूपमा अविकसित जन्मिएकी भन्दै आरोप लगाउनु भएको छ ।

विस्कन्सिनमा आयोजित र्यालीको सुरुवाती केही मिनेटमै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

जो बाइडेन मानसिक रूपमा अविकसित भए, कमला त त्यही रूपमा जन्मिएकी हुन् ट्रम्पले प्रेरी दु चिएनमा उपस्थित र्याली समर्थकहरूसमक्ष बताउनु भयो । उहाँले बाइडेन प्रशासनको आप्रवासन नीतिको आलोचना समेत गर्नुभयो ।

ह्यारिसलाई सीमाको प्रमुख नियुक्त गरिएको थियो र उहाँले आप्रवासीहरूलाई सीमाबाट प्रवेश गर्न र हिंसात्मक अपराधहरू गर्न अनुमति दिन्ुभयो कार्यक्रममा ट्रम्पले भन्नुभयो ।

मानसिक रूपमा अशक्त व्यक्तिले मात्र हाम्रो देशमा यस्तो कुराको अनुमति दिन सक्थ्यो ट्रम्पले ह्यारिस लक्षित टिप्पणी गर्नुभयो ।

अमेरिकाभर आप्रवासी अपराधको कुनै प्रमाण छैन । न त ह्यारिसलाई जन्मजात कुनै मानसिक वा संज्ञानात्मक अशक्तता भएको संकेत प्रमाणित भएको छ ।

ट्रम्पले बाइडेन प्रशासनलाई ठूलो बाहिरी र्यालीलाई सम्हाल्न पर्याप्त गोप्य सेवा स्रोतहरू उपलव्ध नगराएको आरोप लगानुभयो ।

उपलव्ध गराइएको ठाउँमा २ हजार मात्र अटाए तर ४० हजार मानिसहरूले र्यालीमा सहभागी हुन चाहेका थिए ट्रम्पले भन्नुभयो ।

नाभेम्बर ५ मा अमेरिकामा हुने राष्ट्रपति चुनाव नजिकिदै जाँदा दुबै उम्मेदवारकाबिचमा आरोप प्रत्यारोप चलिरहेको देखिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com