नसरल्लाहको हत्याले पिडित अमेरिकी खुशी भएको बाइडेनको भनाई , हत्याको बदला लिइने इरानको चेतावनी


प्रकाशित मिति : आश्विन १३, २०८१ आईतबार

इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकको आह्वान गरेको छ । हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या पछि इरानले यो बैठकको माग गरेको हो ।

इरानका संयुक्त राष्ट्रका राजदूत अमिर इरावानीले परिषद्का १५ सदस्यलाई पत्र लेख्दै आफ्नो देशका कूटनीतिक कार्यालय र प्रतिनिधिहरू माथि कुनै पनि आक्रमण नगर्न चेतावनी दिनुभएको छ । इरावानीले भन्नुभएको छ इरानले त्यस्ता आक्रमणलाई सहने छैन ।

इरानले अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आफ्ना महत्त्वपूर्ण राष्ट्रिय र सुरक्षा हितको रक्षा गर्न हरेक कदम उठाउने आफ्नो अधिकारको प्रयोग गर्न नहिच्किचाउने इरावानीले भन्नुभएको छ ।

साथै उहाँले सुरक्षा परिषद्लाई इजरायलविरुद्ध “निर्णायक कदम” उठाउन आग्रह गर्नुभएको छ । इरानले धेरै वर्षदेखि हिजबुल्लाहलाई आर्थिक र सैन्य सहयोग गर्दै आएको छ ।

यसअघि, इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले नसरल्लाहको मृत्युको बदला लिने भन्दै चेतावनी दिनुभएको थियो ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले बिगत ४ दशकदेखि नसरल्लाह र हिजबुल्लाहको नेतृत्वमा भइरहेका आतंकवादी आक्रमणबाट सैयौं अमेरिकीको ज्यान गएको स्मरण गराउनु भएको छ ।

बाइडेनले नसरल्लाहको मृत्युले हजार्रौ अमेरिकी , इजरायली र नागरिक सहितका धेरै पिडितहरुले न्यायको महशुष गरेको बताउनु भएको छ ।

हिजबुल्लाह , हमास , हुथी र इरान समर्थित अन्य आतंकवादी संगठनहरुबाट आफनो देश र नागरिकको रक्षा गर्ने अधिकार इजरायलको भएको भन्दै त्यसलाई अमेरिकाले समर्थन गरिरहने राष्ट्रपति बाइडेनले बताउनु भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com