अमेरिकाबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै


प्रकाशित मिति : आश्विन १३, २०८१ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई उहाँ अपराह्न ४ः०० बजे स्वदेश फर्कन लाग्नु भएको हो ।

महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गर्नुभएको थियो ।

न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो ।

उहाँले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।

उहाँले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गर्नुभयो ।

देशमा विपद परेको बेला पनि प्रधानमन्त्रीले भ्रमण नछोट्याएको भनेर आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले आजै मन्त्रीपरीषदको बैठक समेत आव्हान गनुभएको छ । पछिल्लो प्राकृतिक विपदले १९२ जनाको ज्यान लिएको छ । अरबौंको सम्पति नोक्सान बनाएको छ ।

प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत हुनुहुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com