लेबनानमा भएको इजरायली आक्रमणमा अमेरिकी नागरिक मारिए


प्रकाशित मिति : आश्विन १७, २०८१ बिहीबार

लेबनानको राजधानी बेरुतमा भएको इजरायली हमलामा अमेरिकी नागरिक मारिएका छन । ५६ वर्षीय कमेल अहमद जवाद अमेरिकाको मिसिगनका बासिन्दा हुन् ।

उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए । अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ताले कमेल अहमद जवादको मृत्यु भएको पुष्टि गर्दै शोक व्यक्त गरेका छन् ।

इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका ८ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो ।

इजरायलको आक्रमणबाट हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र लेबनानको बेरुतमा कमाण्डर अब्बास निलफोरोसनको ज्यान गएको थियो । त्यसैको बदलास्वरुप इरानले इजरायलमाथि आक्रमण गरेको छ ।

लेबनानको भूमिमा घुसेर इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दै आएको छ । इजरायली सेनाले लेबनानको ४ सय मिटर क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।

लेबनानको तर्फबाट भएको आक्रमणमा इजरायलका आठ सैनिकको ज्यान गएको थियो । हिजबुल्लाह र इजरायली सेनाबीच ठाउँठाउँमा झडप भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com