लेबनानबाट २५० अमेरिकी फर्किए, हवाइ भाडा तिर्न नसक्नेलाई सरकारले ऋण दिने


प्रकाशित मिति : आश्विन १८, २०८१ शुक्रबार

लेबनानबाट २ सय ५० अमेरिकी स्वदेश फर्किएका छन् । त्यहाँको राज्य विभागका अनुसार संगठित उडान मार्फत २५० अमेरिकी र उनका परिवारका सदस्यहरु स्वदेश फर्किएका हुन ।

राज्य विभागका प्रवक्ता म्याथ्यू मिलरका अनुसार दुईवटा अमेरिकी व्यवस्थित उडानहरूमा करिब २५० अमेरिकी र तिनीहरूका परिवारका सदस्यहरू यसै साता लेबनानबाट फर्किएका हुन । दोस्रो उडान बेरुतबाट १३४ यात्रुहरू लिएर उडेको छ ।

सुरक्षा अवस्था चुनौतीपूर्ण रहदासम्म र पर्याप्त व्यावसायिक विकल्पहरू उपलब्ध नह्ुँदा सम्म यो क्रम जारी रहने अमेरिकी अधिकारीहरुले बताएका छन ।

अमेरिकाले मध्य पूर्व एयरलाइन्ससँग मिलेर अमेरिकी नागरिकहरूका लागि उपलब्ध सिटहरूको संख्या बढाएको छ ।

गतसाता मात्रै लेबनानबाट बाहिर जाने उडानहरूमा १ हजार ४०० सिट उपलब्ध गराएको र अझै पनि धेरै सिटहरू गराइने मिलरले जानकारी दिनुभयो ।

उहाँले ती व्यावसायिक उडानहरूको हवाई भाडा भने उच्च भएको स्वीकार गर्नुभयो । हवाई भाडा महंगो भएकाले अमेरिकाले आफ्नै उडानहरूको व्यवस्था गरेर आफना नागरिकलाई लेबनानबाट फर्काएको हो ।

अमेरिकीहरूले ती उडानहरूमा अधिकतम २८३ डलर तिर्नेछन् । यदि तिर्न सक्दैनन् भने, हामी अमेरिकी सरकारबाट ऋण उपलब्ध गराउँछौं मिलरले भन्नुभयो ।

इरान समर्थित हिजबुल्लाह लडाकु समूहबिरुद्ध इजरायलले लेबनानमा स्थलगत र हवाई आक्रमण तिब्र बनाएपछि लेवनानको अबस्था भयावह बनेको छ ।

हिजबुल्लाहले पनि इसराइलमाथि २३० वटा क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिणी भूभागमा जमिनबाट पनि इसराइली सैनिकमाथि आक्रमण गरिएको उनीहरूको दाबी छ ।

हिजबुल्लाह लगायत इरान समर्थित अन्य मिलिसियाहरूले पनि इसराइलमा ड्रोन आक्रणम गरेको बताइएको छ।

इसराइलले दक्षिणी इसराइलमा भएको ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ ।

यता इसराइलले पनि लेबनानी भूमिमा आक्रमण जारी राखेको छ । भारी बमबारी र जमिनबाट समेत हिजबुल्लाहसँग लडसिरहेको इसराइली अधिकारीहरूले बताएका छन ।

लेबनानको स्वास्थ्य मन्त्रालयले इसराइली आक्रमणबाट बिहीबार मात्रै लेबननमा ३७ जना मारिएको र १५१ जना घाइते भएको जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com