अक्टोबर १० देखि ह्यारिसको चुनावी मोर्चाको नेतृत्व पूर्व राष्ट्रपति ओवामाले गर्ने


प्रकाशित मिति : आश्विन १८, २०८१ शुक्रबार

पूर्व राष्ट्रपति बराक ओबामा उपराष्ट्रपति कमला ह्यारिस र मिनेसोटाका गभर्नर टिम वाल्जको लागि आउँदो अक्टोबर १० देखि चुनावी अभियानमा सहभागि हुनुहुने भएको छ ।

डेमोक्रयाटीक पार्टीको तर्फबाट ह्यारिस राष्ट्रपति रटिम वाल्ज उपराष्ट्रपति पदको उम्मेदवार हुनुुहुन्छ ।

एक वरिष्ठ अभियान अधिकारीका अनुसार पहिलो कार्यक्रम पेनसिल्भेनियाको पिट्सबर्ग क्षेत्रमा हुनेछ । त्यसपछि ओबामाले निर्णायक राज्यहरूमा अभियानको नेतृत्व गर्नुहुनेछ ।

ओबामाले सेप्टेम्बरमा लस एन्जलसमा ह्यारिसको लागि कोष संकलन कार्यक्रम गर्नुभएको थियो । पूर्व प्रथम महिला मिशेल ओबामासँगै अगस्टमा डेमोक्रेटिक राष्ट्रिय सम्मेलनमा बराक ओवामाले भाषण दिनुभएको थियो ।

यसैबीच, उपराष्ट्रपति ह्यारिसले हालै बिहीबार विस्कन्सिनमा एक र्यालीमा पूर्व रिपब्लिकन सांसद लिज चेनीको सहयोग पाउनु भएको थियो ।

चेनी केही प्रमुख रिपब्लिकनमध्ये एक हुन् । उहाका पिता, पूर्व उपराष्ट्रपति डिक चेनी ले पनि ह्यारिसको पक्षमा समर्थन जनाइसक्नु भएको छ ।

तर ट्रम्पका सबैभन्दा कडा आलोचकहरूमध्येकी चेनीको समर्थन ह्यारिसले विशेषगरी विस्कन्सिनजस्ता निर्णायक राज्यहरूमा उपयोग गर्न खोजिरहेको देखिन्छ । जहाँ चुनावको मतान्तर निकै कम हुने अपेक्षा गरिएको छ ।

ओबामाले चार वर्षसम्मको हल्ला, भ्रम र अराजकता चाहिएको छैन भन्नुभएको थियो । अमेरिकामा नोभेम्बर ५ मा चुनाव हुदैछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com