हुथी समूहविरुद्ध अमेरिकाको आक्रमण , हतियार प्रणाली निशानामा


प्रकाशित मिति : आश्विन १८, २०८१ शुक्रबार

अमेरिकी सेनाले यमनमा इरान समर्थित हुथी समूहविरुद्ध आक्रमण गरेको छ । हुथी बिरुद्ध १५ वटा लक्ष्यहरूमा प्रहार गरिएको अमेरिकी सेनाले बताएको छ ।

हवाईजहाज र युद्धपोतहरूको प्रयोग गरेर आक्रमण सुरू गरिएको पेन्टागनले बताएको छ । यमनका मुख्य सहरहरू तथा राजधानीमा सानासहित, धेरै विस्फोटहरू भएका बताइएको छ ।

हुथीहरूले रेड सीमा नोभेम्बरदेखी अहिले सम्म करिब १०० वटा जहाजहरूमा आक्रमण गरेका छन् । जसमा दुई वटा हुथीहरुले डुंगा डुबाइएका छन् ।

विद्रोही समूहले गाजामा इजरायलको सैन्य अभियानको प्रतिक्रिया स्वरूप यी आक्रमणहरू भएको दाबी गरेको छ । अमेरिकी आक्रमणहरूले हुथीहरूको हतियार प्रणाली, आधारहरू र अन्य उपकरणहरूलाई लक्षित गरेको थियो ।

हुथी सम्बद्ध सञ्चार माध्यमहरूले यमनी राजधानी साना लगायतका शहरहरूमा आक्रमण भएको जनाएका छन् । हुथीहरूले यमनमा एउटा अमेरिकी निर्मित रीपर ड्रोन खसालेको सोमबार दाबी गरेका थिए ।

रेड सीका जहाजहरूमा आक्रमणहरूका साथै, हुथीहरूले इजरायलमा पनि सिधै केही मिसाइल र ड्रोनहरू प्रहार गरेका छन् । जुलाईमा यमनबाट प्रक्षेपण गरिएको ड्रोनले तेल अभिभमा आक्रमण गरेको थियो । आक्रमणबाट एक व्यक्तिको मृत्यु र १० जना घाइते भएका थिए ।

अमेरिका, बेलायत र १२ अन्य राष्ट्रहरूले हुथीहरूबाट रेड सीका जहाजरानी मार्गहरूको रक्षा गर्न अपरेशन प्रोस्पेरिटी गार्डियन सुरु गरेका थिए ।

हुथीहरू इरानको समर्थनमा रहेको मध्य पूर्वका सशस्त्र समूहहरूको एक हिस्सा हुन् । जसमा लेबनानको हिजबुल्लाह र गाजाको हमास पनि समावेश छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com