अमेरिकामा राष्ट्रपति चुनाव : ट्रम्प र ह्यारिसलाई अक्टोबर सरप्राइजको डर


प्रकाशित मिति : आश्विन १९, २०८१ शनिबार

अमेरिकामा राष्ट्रपति निर्वाचनको दिन नजिकिँदै गर्दा, डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीचको प्रतिस्पर्धा एकदमै तीव्र रूपमा अगाडि बढिरहेको छ ।

राष्ट्रपतीय दौडमा अहिले पनि राष्ट्रिय स्तरमा र प्रमुख प्रतिस्पर्धी राज्यहरूमा स्थिति लगभग बराबरीमै देखिन्छ । यसले निर्वाचनमा जीतहार सानो मतान्तरले मात्रै हुने देखाउछ ।

चुनाव नयाँ मतदाता र अनिश्चित मतदाताको निर्णयमा भर पर्ने सम्भावना देखाएको छ । ट्रम्प दुईवटा हत्या प्रयासबाट बाँच्नु र अपराधमा दोषी ठहरिनु, र राष्ट्रपति जो बाइडेन, आफ्नो कडा प्रतिद्वन्द्वी, उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा लाग्नुपर्ने अबस्था आउनुले यो राष्ट्रपति चुनावलाई निक्कै चलाएमान बनाएको देखिन्छ ।

सन् २०१६ मा ट्रम्पको ‘एक्सेस हलिउड’ टेप वा हिलारी क्लिन्टनको इमेलजस्तै अक्टोबरमा कुनै ठूलो अप्रत्याशित घटना भयो भने त्यसले चुनावलाई नै प्रभाव पार्ने संभावना हुनसक्छ । बितेको हप्तादेखि अमेरिकामा संग जोडिएका नयाँ र आकस्मिक घटना भएका छन ।

हेलेनको राजनीतिक प्रभाव

गत हप्ताको आँधी ‘हरिकेन हेलेन’ ले दुई प्रमुख निर्वाचन क्षेत्रहरू जर्जिया र उत्तर क्यारोलिनामा ठूलो क्षति पुर्यायो । यी राज्यहरूमा राष्ट्रपतीय दौडको तीव्र ध्यानका कारण, २०० भन्दा बढी मानिसको मृत्यु भएको मानवीय संकटले राजनीतिक मोड पनि लिएको छ ।

कमला ह्यारिसले यस हप्ताको सुरुमा जर्जियामा राहत दिने दीर्घकालीन प्रतिबद्धता जनाउँदै उत्तर क्यारोलिनामा आँधी प्रभावितहरूको भ्रमण गर्नुभयो । उहाँले जर्जियामा भन्नुभयो हामी यहाँ लामो समयका लागि छौं।

त्यसैबीच, यी दुई राज्य ट्रम्पका लागि अत्यावश्यक छन् । र मत सर्वेक्षणहरूले यी राज्यहरूमा स्थिति अत्यन्त प्रतिस्पर्धात्मक देखाउँछ । जर्जिया भ्रमणको क्रममा, पूर्व राष्ट्रपति ट्रम्पले आपतकालीन राहतको रकम आप्रवासीहरूका लागि खर्च गरिँदा अमेरिकीहरू राहतबाट वञ्चित भएको दाबी गर्नुभयो ।

मध्यपूर्वमा द्वन्द्वको वृद्धि

मध्यपूर्वमा मानव निर्मित संकटले अमेरिकी राजनीतिमा प्रभाव पारिरहेको छ । गाजा युद्ध क्षेत्रीय युद्धको खतरा निम्त्याउँदैछ । किनकि इजरायली सेनाले दक्षिण लेबनानमा हेजबोल्लाहसँग युद्ध लडिरहेको छ । यस हप्ताको सुरुमा इरानले इजरायलमा सयौं मिसाइलहरू प्रहार गरेको छ ।

ह्यारिसले आफूलाई परिवर्तनको उम्मेदवारको रूपमा प्रस्तुत गरे पनि, उहाँले इजरायल सम्बन्धी अमेरिकी नीतिमा बाइडेन प्रशासनसँग दूरी कायम गर्नु भएको छैन ।
गाजामा चुनावअघि युद्धविरामको आशा लगभग समाप्त भएको छ । ह्वाइट हाउसले मंगलबारको इरानी आक्रमणको जवाफमा इजरायलको प्रतिक्रिया सम्पूर्ण युद्धमा नपुगोस् भनेर प्रयास गरिरहेको छ ।

मध्यपूर्वको द्वन्द्वले देशभित्र पनि डेमोक्र्याटहरूलाई असर गरिरहेको छ, यद्यपि अमेरिकी मतदाताहरूले मतदान गर्दा सामान्यतया विदेश नीतिमा धेरै ध्यान दिन्नन्।

डेमोक्र्याटका लागि सकारात्मक खबरहरू

सार्वजनिक मत सर्वेक्षणहरूले देखाइरहेको छ कि अमेरिकी मतदाताहरूका लागि आर्थिक मुद्दा सबैभन्दा प्रमुख छ । ह्यारिस र डेमोक्र्याटहरूले यस सम्बन्धमा शुक्रबार केही राम्रो खबर पाएका छन । पछिल्ला रोजगार तथ्यांकहरूले गत केही महिनामा रोजगारी दरमा वृद्धि भएको र बेरोजगारी दर ४।१५ मा झरेको देखायो।

अधिकांश चुनावी मौसममा, जब मतदाताहरूलाई कसले अर्थतन्त्र राम्रो बनाउन सक्छ भनेर सोधिएको थियो । ट्रम्प ह्यारिसभन्दा अगाडि देखिनुहुन्थ्यो ।
तर सीएनएनको पछिल्लो सर्वेक्षणमा ट्रम्पको अग्रता स्थिर नरहने संकेत देखिएको छ । किनकि स्विङ राज्यहरूको एक सर्वेक्षणले मुद्रास्फीति व्यवस्थापनमा दुई उम्मेदवारहरूलाई बराबर देखाएको थियो।

क्यापिटल हिंसा पुनः सतहमा

यो हप्ताको धेरै समाचारले ह्यारिस र डेमोक्र्याटहरूलाई असर गर्न सक्ने भए पनि ट्रम्पका लागि पनि सबै ठीक देखिएको छैन ।
६ जनवरीको क्यापिटल हमलाका बेला ट्रम्पको आचरणको बुधबार फेरि चर्चा भएको छ । विशेष वकिल ज्याक स्मिथले ट्रम्पविरुद्धको प्रमाण सार्वजनिक गरेका छन । यो घटनाले ट्रम्पको राष्ट्रपतीय चुनावी अभियानलाई असर गर्न सक्छ ।

अप्रत्याशित घटना र चुनाव

‘अक्टोबर सरप्राइज’ भन्ने शब्द अमेरिकी राजनीतिक शब्दावलीमा ५० वर्षदेखि प्रचलित छ ।
चुनावी अभियानहरू अप्रत्याशित समाचार वा संकटबाट डराउँछन् । जसले उनीहरूको अभियानलाई विचलित गर्न सक्छ । राष्ट्रपति पदका दुबै उम्मेववारहरु अक्टोबर सरप्राइजबाट डराएको देखिन्छ ।

बिगतका दृष्टान्तहरुले यस्तै देखाउछ । किनकी चुनाव नजिक रहेको अन्तिम महिना भएकाले अहिले सार्बजनिक हुन सक्ने बिभिन्न घटना र सो संग जोडिएका प्रमाणहरुले चुनावलाई छिटो प्रभाव पार्न सक्छ ।

त्यसकारणले पनि ह्यारिस र ट्रम्प दुवै अक्टोबर सरप्राइजबाट आउने त होइन भन्ने चिन्तामा देखिने गरेको विश्लेषकहरुले बताएका छन । अमेरिकामा नोभेम्वर ५ मा राष्ट्रपति पदका लागि चुनाव हुदैछ । ट्रम्प र ह्यारिस मुख्य प्रतिश्पर्धी रहनु भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com