ट्रम्पको चुनावीसभामा मस्कको संबोधन : अमेरिकामा लोकतन्त्रको रक्षा गर्न ट्रम्पले जित्नु पर्दछ


प्रकाशित मिति : आश्विन २०, २०८१ आईतबार

अमेरिकन अरबपति एलन मस्कले राष्ट्रपति पदका रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको र्यालीमा संबोधन गर्नुभएको छ ।

ठूलो हर्षको साथ मञ्चमा देखा परेका मस्कले हात उठाउँदै दुई पटक उफ्रिएर उपस्थितलाई हौसला प्रदान गर्नुभएको थियो । मस्कले कालो मेक अमेरिका ग्रेट अगेन भन्ने टोपी लगाएर मञ्चमा देखिनु भएको थियो ।

मस्कले खुल्ला रूपमा जुलाई १३ मा बटलर, पेन्सल्भेनियामा एकजना बन्दुकधारीले पूर्व राष्ट्रपति ट्रम्पलाई मार्न खोजेपछि सामाजिक सञ्जाल प्लेटफर्म X मा ट्रम्पको समर्थन गर्नुभएको थियो ।

ट्रम्प शनिबार आफुमाथी हत्या प्रयास भएको स्थानमा पुन र्याली गर्न आउनु भएको थियो । ट्रम्पले मस्कलाई पनि संगै लैजानु भएको थियो ।

¥यालीमा उपस्थितहरुका बिचमा ट्रम्पले मस्कलाई परिचय गराउनु भएको थियो । ट्रम्पले संसारकै धनी व्यक्ति मस्कको अमेरिकामा कार कम्पनी निर्माण गरेको र X मार्फत स्वतन्त्र अभिव्यक्ति जोगाएको भन्दै प्रशंसा गर्नुभयो ।

मन्तव्यको क्रममा मस्कले संविधानको रक्षा गर्न राष्ट्रपति ट्रम्पले जित्नै पर्ने बताउनु भयो । अमेरिकामा लोकतन्त्रको रक्षा गर्न ट्रम्पले जित्नै पर्ने मस्कको दावी थियो ।

आम रूपमा मस्क शान्त स्वभावका वक्ता हुन । तर उहाँको २६० अर्ब डलरभन्दा बढीको सम्पत्ति भएकोले उहाँले आफ्नो ऊर्जा बढाएको देखिन्छ ।

उहाँले पटक पटक मानिसहरूलाई मतदान गर्न दर्ता भएको सुनिश्चित गर्न भन्नुभयो र अरूलाई पनि स्मरण गराउन सक्रिय हुन आग्रह गर्नुभयो ।

अमेरिकामा चुनावी रणनीतिहरूमा ध्यान केन्द्रित गर्ने एउटा सुपर पीएसी, अमेरिका पीएसी स्थापना गरेर मस्कले ट्रम्प अभियानलाई सहयोग पुर्याउँदै आउनु भएको छ ।

पछिल्लो केही महिनामा मस्क र ट्रम्पबीच नजिकको सम्बन्ध बनेको छ । जहाँ मस्कले आफ्नो स्टार पावर र X मा ठूलो प्लेटफर्म ट्रम्पको अभियानलाई सघाउन प्रयोग गरिरहनु भएको छ ।

ट्रम्पले मस्कलाई आफु राष्ट्रपतिको चुनावमा विजयी भएमा सरकारी दक्षता आयोगको प्रमुख बनाउने घोषणा गरेपछि मस्क ट्रम्पको चुनावी अभियानमा खुलेर लाग्नु भएको छ ।

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको चुनाव हुदैछ । वर्तमान उपराष्ट्रपति एवं राष्ट्रपति पदका लागि डेमोक्रयाट उम्मेदवार कमला ह्यरिससंग उहाँको कडा प्रतिश्पर्धा हुने देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com