उत्तर कोरियाद्धारा सडक र रेलमार्ग पूर्ण रूपमा बन्द


प्रकाशित मिति : आश्विन २३, २०८१ बुधबार

उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गरेको छ ।

उत्तर कोरियाले कोरियाली प्रायद्वीपको अनिश्चित सुरक्षा अवस्थालाई कारण बनाउँदै दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गर्ने कोरियाली पिपुल्स आर्मी केपीए लाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था केसीएनए ले जनाएको छ ।

केपीए जनरल अधिकारीले उत्तर कोरियाको दक्षिणी सीमा नजिकै दक्षिण कोरियाली क्षेत्रमा दैनिक सैन्य अभ्यास, अमेरिकी रणनीतिक आणविकको बारम्बार उपस्थितिलगायतका कुरामा ध्यान दिँदै प्रायद्वीपको अवस्थाको गम्भीरतालाई बेवास्ता गर्न नसकिने जनाएका छन्।

प्रायद्वीपमा गम्भीर सैन्य अवस्थाका कारण उत्तर कोरियाको सशस्त्र बलले राष्ट्रिय सुरक्षाको प्रभावकारी रूपमा रक्षा गर्न सशक्त कदम चाल्न आवश्यक रहेको बताएको छ ।

यो कदम युद्ध रोक्न र उत्तर कोरियाको सुरक्षाको रक्षाका लागि आत्म–रक्षात्मक उपाय भएको जनाएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com