अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहूबीच वार्ता हुदै


प्रकाशित मिति : आश्विन २३, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच वार्ता हुने तयारी भइरहेको छ ।

हिजबुल्लाहले आफ्ना लडाकूहरू दक्षिणी लेबनानमा इजरायली सेनासँग झडपमा उत्रिएको बताएको छ ।

अधिकारीहरूका अनुसार उत्तरी इजरायलको किर्यात शमोनामा संदिग्ध हिजबुल्लाह रकेट आक्रमणमा दुई जनाको मृत्यु भएको छ । इजरायली हवाई सुरक्षाले तटीय सहर कैसरियातर्फ प्रक्षेपण गरिएको दुई क्षेप्यास्त्रलाई रोकेको छ ।

लडाइँ जारी रहँदा नेतान्याहूले लेबनानले ‘गाजामा देखिएजस्तै लामो युद्ध’ को सामना गर्न नसक्ने चेतावनी दिइरहनुभएको छ ।

यस्तो अवस्थामा इरान प्रत्यक्ष रूपमा संलग्न हुने र द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुनबाट बाइडेनले त्यो अबस्थालाई रोक्न खोज्ने अपेक्षा गरिएको छ ।

गत साता इरानले गरेको क्षेप्यास्त्र आक्रमणको जवाफमा इजरायलको प्रतिक्रिया एजेन्डामा उच्च प्राथमिकतामा रहने अपेक्षा गरिएको छ ।

बाइडेनले इरानको आणविक कार्यक्रममाथि आक्रमण गर्ने प्रयास नगर्न इजरायललाई सावधान गराउनुभएको छ ।

साथै उहाँले विश्व कच्चा तेलको मूल्य बढाउन सक्ने इरानका तेल प्रतिष्ठानहरूमा हुनसक्ने आक्रमणको पनि विरोध गर्नुभएको छ ।

अनुभवी अमेरिकी पत्रकार बब वुडवर्डको नयाँ पुस्तकले बाइडेन र नेतान्याहूबीच बढ्दो तनावको विवरण दिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com