पद्मविभूषण रतन टाटा : बाल्यकालमा बाबुआमासँग छुट्टिए, कम बोल्ने र पुस्तक प्रेमी
प्रकाशित मिति : आश्विन २४, २०८१ बिहीबार
भारतको सबैभन्दा पुरानो व्यापार समूहका प्रमुख रतन टाटाको निधन भएको छ । उनी टाटा सन्सका भूतपूर्व अध्यक्ष थिए। मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ८६ वर्षको उमेरमा उनले अन्तिम सास लिए ।
उनलाई बुधबार नै अस्पताल भर्ना गरिएको थियो । उनी असोज ७ गते अस्पताल गएको खबर पनि आएको थियो तर उनले आफू ठिक रहेको र चिन्ताको विषय नभएको भन्दै पोस्ट गरेका थिए ।
पद्मभूषण र पद्मविभूषण पुरस्कार विजेता रतन टाटाको नेतृत्वमा, टाटा समूहले भारतको सबैभन्दा सस्तो कार लन्च गर्यो । साथै, ऋणमा डुबेको एयर इन्डियालाई १८ हजार करोड रुपैयाँको नगद सम्झौतामा किनेको थियो ।
व्यापारमा निकै सफल रतन टाटालाई आफ्नो व्यक्तिगत जीवनमा सादगी मन पर्थ्यो र उनी मुम्बईको आफ्नो सानो फ्ल्याटमा बस्थे ।
बाल्यकालमा बुबाआमा छुट्टिए, हजुरआमाले हुर्काइन्
२८ डिसेम्बर १९३७ मा नेवल र सुनु टाटाको घरमा जन्मेका रतन टाटा समूहका संस्थापक जमशेदजी टाटाका नातिनातिना थिए। उनको परिवार पारसी धर्मको हो । उनी सानै हुँदा आमाबाबु अलग भए । उनलाई हजुरआमाले हुर्काएकी थिइन् । सन् १९९१ मा उनी टाटा समूहको अध्यक्ष बनेका थिए ।
रतन टाटाको चार पटक विवाह हुनै लाग्दा रोकिएको थियो । उनी अमेरिकामा हुँदा एक पटक विवाह हुनै लागेको थियो ।
त्यति बेला हजुरआमाले उनलाई फोन गरेर उनलाई बोलाएकी थिइन् । सो बेला भारत–चीन युद्ध सुरु भएपछि उनी अमेरिका फर्कन सकेनन् । केही समयपछि ती युवतीले अर्कैसँग बिहे गरिन् ।
२१ वर्षसम्म अध्यक्ष, टाटा समूहको नाफा ५० गुणा बढ्यो
१९६२ मा उनी पारिवारिक व्यवसायमा सामेल भए । सुरुमा उनले टाटा स्टिलको पसलमा काम गरे । त्यसपछि उनी निरन्तर व्यवस्थापन पदमा पुगे । १९९१ मा, जे.आर.डी. टाटाले पद त्यागे र समूहको कमाण्ड रतन टाटाको हातमा गयो।
सन् २०१२ मा ७५ वर्ष पुगेपछि टाटाले कार्यकारी कार्यहरू छोडे। उनको २१ वर्षको अवधिमा टाटा समूहको नाफा ५० गुणा बढ्यो । यसमा धेरैजसो लोकप्रिय टाटा उत्पादनहरू जस्तै जगुआर-ल्यान्ड्रोभर गाडीहरू र टेटलीको विदेशमा पनि बिक्री हुन थाल्यो ।
अध्यक्ष पद छाडेर उनले ४४ वर्षीय साइरस मिस्त्रीलाई आफ्नो उत्तराधिकारी नियुक्त गरे । उनको परिवार समूहको सबैभन्दा ठूलो व्यक्तिगत शेयरहोल्डर थियो। तर, पछिल्ला केही वर्षहरूमा मिस्त्री र टाटाबीचको तनाव बढ्यो।
अक्टोबर २०१६ मा मिस्त्रीलाई रतन टाटाको पूर्ण समर्थनमा टाटाको बोर्डबाट हटाइयो। फेब्रुअरी २०१७ मा नयाँ उत्तराधिकारीको नाम नआएसम्म टाटाले अध्यक्षको पद छोडे।
कम बोल्ने, पुस्तक प्रेमी र गाडीको सौखिन
टाटालाई सानैदेखि कुराकानी कम मन पर्थ्यो। औपचारिक र महत्त्वपूर्ण कुरा मात्रै बोल्थे । उनी पुस्तक प्रेमी थिए र सफलताका कथाहरू पढ्न मन पराउँथेँ । एक अन्तर्वार्तामा उनले संन्यासपछि आफ्नो शौकलाई समय दिइरहेको बताएका थिए ।
उनलाई ६०–७० को दशकका गीत सुन्न मन पर्थ्यो ।
कारको बारेमा सोध्दा टाटाले आफूलाई कारको धेरै मन पर्ने बताएका थिए । उनले भनेका थिए, ‘मलाई पुरानो र नयाँ दुवै कार मनपर्छ । विशेष गरी तिनीहरूको स्टाइल र तिनीहरूको संयन्त्रप्रति गहिरो चासो छ। यसैले म तिनीहरूलाई किन्छु, ताकि म तिनीहरूलाई पढ्न सकूँ।’