ट्रम्पको र्याली नजिक अबैध हतियारसहित एकजना पक्राउ , तेश्रो हत्या प्रयासको आशंकामा अनुसन्धान चल्दै


प्रकाशित मिति : आश्विन २७, २०८१ आईतबार

अमेरिकी राष्ट्रपति पदका रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको र्याली नजिक एक व्यक्तिलाई गैरकानुनी बन्दूक र गोली भरिएको ह्याण्डगनसहित पक्राउ गरिएको छ ।
शनिबार क्यालिफोर्नियाको कोचेला शहरमा यो घटना भएको प्रहरीले जनाएको छ । ४९ वर्षीय अभियुक्त, भेम मिलर, कालो एसयूभी चलाउँदै गर्दा सुरक्षाचौकीमा रोकीएका थिए ।

त्यसपछि अधिकारीहरूले दुईवटा हतियार र उच्च क्षमताको म्यागजिन फेला पारेका थिए । रिभरसाइड काउन्टी शेरिफको कार्यालयले मिलरलाई कुनै घटना विना हिरासतमा लिइएको र बन्दूक तथा उच्च क्षमताको म्यागजिनको अवैध स्वामित्वमा आरोप लगाइएको बताएको छ ।

अमेरिकी गुप्त सेवा ले ट्रम्पलाई कुनै खतरा नरहेको बताउँदै यो घटनाले सुरक्षामा असर नगरेको उल्लेख गरेको छ । यो घटना ट्रम्पको तेश्रो हत्या प्रयास थियो या थिएन भन्ने अनुमान गर्न कठिन भइरहेको अधिकारीहरुले बताएका छन । तर पनि अबैध हतियार फेला परेकाले अनुसन्धान भने सुक्ष्म ढंगले हुने अमेरिकी अधिकारीहरुले बताएका छन ।

संघीय कानून अधिकारीहरुले यस घटनासँग हत्याको कुनै प्रयास सम्बन्धित भएको सङ्केत नमिलेको बताएका छन । संघीय अधिकारीहरूले यो घटनाको अनुसन्धान गरिरहेको बताउँदै थप आरोप लगाउने जिम्मा उनीहरूकै भएको जनाएका छन् ।

शेरिफ बियाङ्को एक निर्वाचित अधिकारी हुन् । रिपब्लिकन पार्टीसँग सम्बन्धित छन् । उनी ट्रम्पको पुन निर्वाचन अभियानका लागि पनि काम गरिरहेका छन् ।
यो घटना ट्रम्पको र्यालीमा मञ्चमा उपस्थित हुनुभन्दा १ घण्टा अगाडि भएको हो । पूर्व राष्ट्रपतिलाई आगामी चुनावअघि देखिएका खतराहरूलाई पछिल्लो घटनाले पुन उजागर गरेको छ ।

यसअघि पनि यस वर्ष ट्रम्पमाथि दुई ठूला हत्या प्रयास भएका थिए । अभियुक्तले र्यालीको नजिकको बाहिरी घेरामा प्रवेश गर्दा त्यहाँ उपस्थित हुन अनुमति दिइएको जस्तो व्यवहार गरेको शेरिफले बताए । सवारी साधनमा नक्कली लाइसेन्स प्लेट थियो र भित्रको अवस्था अस्तव्यस्त थियो ।

सवारी साधनभित्र विभिन्न पासपोर्ट, विभिन्न नामका चालक अनुमतिपत्रहरू फेला परेका थिए । अभियुक्तले आफूलाई सर्भरिन सिटिजन्स नामक दक्षिणपन्थी समूहको सदस्य भएको बताएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com