भारतद्धारा क्यानडाका छ कूटनीतिज्ञ निष्कासित


प्रकाशित मिति : आश्विन २८, २०८१ सोमबार

भारतले आफ्नो उच्चायुक्त संजय कुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई क्यानडाबाट फिर्ता बोलाउने निर्णय गरेको छ। साथै, भारतले क्यानडाको नयाँ दिल्लीस्थित उच्चायोगलाई पनि विरोधपत्र पठाएको छ।

यस बीच, भारतले क्यानडाका छ कूटनीतिज्ञहरूलाई निष्कासन गर्ने निर्णय गरेको छ। भारतीय विदेश मन्त्रालयले उनीहरूलाई अक्टोबर १९ को राति १२ बजेअघि नै भारत छोड्न निर्देशन दिएको छ।

सोमबार, भारतले क्यानडाको एक डिप्लोम्याटिक कम्युनिकेशनलाई कडा रुपमा अस्वीकार गर्दै कडा जवाफ दिएको छ ।

क्यानडाले सार्बजनिक गरेको कूटनीतिक पत्रमा, भारतका उच्चायुक्त संजय कुमार वर्मा र अन्य भारतीय कूटनीतिज्ञहरूलाई २०२३ को जूनमा खालिस्तानी समर्थक कार्यकर्ता हरदीप सिंह निज्जरको हत्यामा संलग्न भएको आरोप लगाएको छ।

भारतले क्यानडाको यो कदमको विरोध गर्दै नयाँ दिल्लीस्थित क्यानडाका मिशनको वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ।

विदेश मन्त्रालयले भनेको छ,क्यानडामा भारतीय उच्चायोग र अन्य कूटनीतिज्ञहरूलाई बिना आधार निशाना बनाउनु अस्वीकार्य छ।

भारतीय विदेश मन्त्रालयले भनेको छ ट्रूडो सरकारको पछिल्लो कदमले भारतीय कूटनीतिज्ञहरूको सुरक्षा खतरामा परेको छ।

यस निर्णयमा क्यानडाको दिल्लीस्थित उच्चायोगले पनि जवाफ दिएको छ। क्यानडाका वरिष्ठ कूटनीतिज्ञ स्टुअर्ट व्हीलरले भनेका छन भारतले लामो समयदेखि राख्दै आएको माग पूरा गरिएको छ।

भारतले निज्जरको हत्या मामिलामा उच्चायुक्तको नाम लिँदा आपत्ति जनाउँदै यो मुद्दा अब राजनीतिक रूपमा प्रयोग गरिएको बताएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com