फ्रान्सेली विदेशमन्त्री जीन-नोएल ब्यारोट एकता भ्रमणका लागि युक्रेनमा


प्रकाशित मिति : कार्तिक ३, २०८१ शनिबार

फ्रान्सेली विदेशमन्त्री जीन–नोएल ब्यारोट युक्रेनका लागि फ्रान्सको समर्थन व्यक्त गर्ने दुई दिने युक्रेन भ्रमणका लागि शनिबार किभ आइपुग्नु भएको छ ।

फ्रान्सेली विदेशमन्त्री ब्यारोट किएभमा रहदा समकक्षी एन्ड्री सिबिगा लगायतका व्यक्तीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

फ्रान्सको इन्टर पब्लिक रेडियोमा शुक्रबार बोल्दै विदेश मन्त्री ब्यारोटले भ्रमणको उद्देश्य फ्रान्स कुनै पनि सङ्कटबाट पछि हट्ने छैन भन्ने प्रतिवद्धतासहित युक्रेनको जोखिममा सुरक्षा, खाद्य र ऊर्जा लगायतका विषयमा सययात्रा जनाउनु रहेको उल्लेख गर्नु भएको छ ।

उहाँले यस अघि रूसद्वारा अपहरण गरिएका युक्रेनी बालबालिकाको विषयमा पनि छलफल गर्ने बताउनु भएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेन , जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले ‘न्यायपूर्ण र स्थायी शान्ति सुरक्षित गर्ने प्रयासमा युक्रेनलाई समर्थन जारी राख्ने’ संकल्प शुक्रबार व्यक्त गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी सहयोगीहरूलाई “विजय योजना“ प्रस्तुत गरेको केही दिनपछि ब्यारोटको युक्रेन भ्रमण भएको हो । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो पहललाई बढावा दिन वासिङ्टन, पेरिस, बर्लिन, रोम र लन्डनको यात्रा गरिसकेता पनि अझै पूर्ण समर्थन प्राप्त भईसकेको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com