सिनवार मारिएपछि हमासको नेता को बन्ला ?


प्रकाशित मिति : कार्तिक ३, २०८१ शनिबार

हमास समूहका प्रमुखको रुपमा खलील अल हाय्या चयन हुने संभावना देखिएको छ । नेता यह्या सिनवारको हत्या भएपछि हमास समूहको कसले नेतृत्व गर्ला भन्ने चासोका बिचमा यो समाचार बाहिर आएको हो ।

हमासका अधिकारीहरूले भने अनुसार खलील अल हाय्या सिनवारका सहायक पनि हुन । उनी हमासका गाजा बाहिरका वरिष्ठ नेता समेत रहेको बताइन्छ । हमासका नेताहरुले बताए अनुसार छिटै छलफल गरेर नेता चयनको प्रकृया टुङगो लगाइने छ ।

कतारमा रहेका अल हाय्या हाल हमासको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इजरायलसँग युद्धविराम वार्तामा संलग्न छन् ।

उनी गाजाको अवस्था र परिस्थिति राम्रोसँग बुझ्ने नेताका रूपमा परिचित छन् । इजरायलले सबैभन्दा खोजिएका व्यक्तिहरू मध्येका सिनवारको हत्या दुई महिनाअघि तेहरानमा पूर्व नेता इस्माइल हानियेको हत्या भएपछि भएको हो ।

एक वरिष्ठ हमास अधिकारीले सिनवारलाई गत बर्षको ७ अक्टोबरका आक्रमणहरूको योजनाकारको रूपमा वर्णन गरेका थिए । जुलाईदेखि युद्धविराम वार्ता रोकिएको छ । धेरैले सिनवारको नेतृत्वमा कुनै पनि युद्धविराम सम्झौता हुन नसक्ने बताएका थिए ।

एक वरिष्ठ हमास अधिकारीले भनेका छन् कि युद्धविराम स्वीकार गर्ने र इजरायली बन्धकहरूलाई छोड्ने सम्बन्धी हमासका शर्तहरू सिनवारको हत्या भए पनि परिवर्तन भएको छैन ।

हमासले गाजाबाट पूर्ण इस्रायली फिर्ता, युद्धको अन्त्य, मानवीय सहायता हस्तान्तरण, र युद्धले ध्वस्त भएको क्षेत्रको पुनर्निर्माणको माग गरिरहेको छ ।

जुन इजरायलले स्पष्ट रूपमा अस्वीकार गरेको छ । इजरायलले हमासले आत्मसमर्पण गर्नुपर्ने अडान लिएको छ । इजरायलको प्रस्तावलाई हमासले असंभव भनिरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com