अमेरिकाविरुद्धको टी २० आई सिरिज नेपालद्धारा क्लिनस्विप


प्रकाशित मिति : कार्तिक ५, २०८१ सोमबार

अमेरिकाविरुद्धको टी २० आई सिरिज नेपालले ‘क्लिन स्विप’ गरेको छ । अन्तिम खेलमा सोमबार बिहान ८ विकेटले अमेरिकालाई हराउँदै नेपालले सिरिज क्लिन स्विप गर्न सफल भएको हो ।

आइतबार नेपालले एक खेलअगावै सिरिज जितिसकेको थियो । पहिलो खेल १७ रनले जितेको थियो । नेपालले दोस्रो खेलमा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले सिरिज जितेको थियो।

सोमबार बिहान अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा टस जितेर नेपाल बिरुद्ध ब्याटिङ गरेको अमेरिकाले सोमपाल कामीले घातक बलिङ गरेपछि ५ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

१५७ रनको लक्ष्य पाएको नेपालले कुशल मल्ल र कुशल भुर्तेलको महत्त्वपूर्ण साझेदारीमा अन्तिम खेलमा नेपाल विजयी हुदै सिरिज नै क्लीन स्वीप गर्न सफल भएको हो । १८ ओभर २ बलमा २ विकेट गुमाएर नेपालले लक्ष्य पुरा गरेको हो ।

नेपालका आसिफ शेखले ५० रन बनाए । कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे ।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एकरएक विकेट लिए । सोमपाल प्लेर अफ द सिरिज बने । उनले तीन खेलमा पाँच विकेट लिएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com