चीनसंग सैनिक गस्ती सम्बन्धी महत्वपूर्ण सम्झौता भएको भारतको घोषणा , चीनको प्रतिकृया आउन बाँकी


प्रकाशित मिति : कार्तिक ५, २०८१ सोमबार

वास्तविक नियन्त्रण रेखा (एलएसी) मा सैनिकहरूको गस्ती (पेट्रोलिंग) सम्बन्धी भारत र चीन बीच नयाँ सम्झौता भएको छ ।

रूसमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्थानको ठिक अघि, सोमबार भारतको विदेश मन्त्रालयले यो घोषणा गरेको हो ।

विगतमा पनि चीनसँग भारतका यस्ता सम्झौताहरू भएका थिए । तर त्यसपछि चीनले आक्रामकता देखाएको थियो । यद्यपि, यस समझौतासम्बन्धी विस्तृत जानकारी हालसम्म दिइएको छैन ।

चीनको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । केही विशेषज्ञहरूले यसलाई सम्बन्धहरू सामान्य बनाउनतर्फको दुवै देशले चालेको एक महत्वपूर्ण कदम मानेका छन् ।

भारतका विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा पछिल्ला केही हप्तादेखि भारत र चीनबीच राजनयिक र सैनिक स्तरमा भएका वार्ताको नतिजा सैनिक फिर्तामा समझौता भएको हो ।

भारतका विदेशमन्त्री डा एस जयशंकरले सन् २०२० मा जहाँसम्म भारतका सैनिकहरूले चीनसँगको सीमामा गस्ती गर्थे, त्यहाँ फेरि गर्न पाउनेछन् ।

एलएसीमा सन् २०२० भन्दा पहिलेको स्थिति पुनर्स्थापित हुनेछ । यो एक महत्त्वपूर्ण घटना हो । तर यसको पूर्ण प्रभावको मूल्याङ्कन गर्न हतार हुनेछ । हामीलाई अझै केही समय पर्खनु पर्नेछ भारतीय अधिकारीहरुले बताएका छन ।

भारत चीन मामिलाका जानकार र कलिंगा इन्स्टिच्युटका इंडो प्यासिफिक स्टडिजका संस्थापक तथा अध्यक्ष, प्रोफेसर चिन्तामणि महापात्रले यो राम्रो सुरुवात भएको र विगतका केही महिनामा कूटनीतिक तथा सैनिक स्तरमा भएका वार्ताको नतिजा हो भन्नुभएको छ ।

उहाँका अनुसार केवल एक समझौताले दुवै देशबीचका सबै तनाव समाप्त हुने कुरा होइन । तर सम्बन्धहरू सामान्य बनाउनतर्फ यो पहिलो कदम मान्न भने सकिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com