सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान


प्रकाशित मिति : कार्तिक ६, २०८१ मंगलबार

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सन् २०७५ सम्ममा भारत विश्वको दोश्रो ठुलो अर्थतन्त्र बन्ने बताउनु भएको छ ।

५ सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुने गोल्डम्यान स्याक्सको अध्ययनले जनाएको उहाँले बताउनुभएको हो ।
अध्ययनले सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको पनि उहाँले बताउनुभयो ।

द इन्डिया सेन्चुरी भन्ने विषयवस्तुको बारेमा बोल्दै उहाँले भन्नुभयो, एक दशकअघि विश्वको दशौँ ठूलो अर्थतन्त्र भएको भारत अहिले पाँचौँ स्थानमा छ ।

दशकको अन्त्यसम्ममा तेस्रो हुने सम्भावना छ । जयशङ्करले भारतको प्रतिभा र सीपबारे प्रकाश पार्दै यो करिब दिन प्रतिदिन बढिरहेको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार युरोप र उत्तर अमेरिकाले भारतबाट प्रतिभा र सीपको सहज प्रवाह चाहन्छन् ।

यदि प्रविधि, एआई र सेमीकन्डक्टरहरूमा ठूला बहसहरू हेर्नुहुन्छ भने भारतीय प्रतिभा र सीपको महत्त्व दिनप्रतिदिन बढ्दै गएको उहाँले भन्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com