अमेरिकाले इरानलाई भन्यो : इजरायलबिरुद्ध थप आक्रमण नगर


प्रकाशित मिति : कार्तिक १०, २०८१ शनिबार

इजरायलमाथि थप आक्रमण नगर्न अमेरिकाले इरानलाई आग्रह गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले पत्रकारहरूलाई भन्नुभए अनुसार इरानले थप आक्रमण गरर्यो भने युद्धको दुश्चक्र फेरी सुरुहुने संभावना छ ।

इजरायली सेनाले शनिबार इरानविरुद्ध सैन्य आधार र मिसाइल उत्पादन केन्द्रलगायत अन्य क्षेत्रहरूमा आक्रमण गरेको छ।

उनीहरूको प्रतिक्रिया आत्मरक्षाको अभ्यास थियो उहाँले भन्नुभयो । इजरायलले जनसङ्ख्या भएका क्षेत्रहरुलाई असर नगर्ने गरी केवल सैन्य लक्ष्यहरू केन्द्रित आक्रमण गरेको अमेरिकाको भनाई छ ।

मध्यपूर्व क्षेत्रमा तनाव कम गर्ने लक्ष्य अमेरिकाले राखेको भन्दै साभेटले इजरायलले इरानमा गरेको अक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको प्रष्ट पार्नु भयो । इजरायली हमलमा ४ इरानी सैनिकको मृत्यु भएको छ । इरानको मिसाइल भण्डारण केन्द्रमा ठुलो क्षति पुगेको छ ।

इजरायलले तत्कालका लागि इरानबिरुद्ध अब कुनै हमला नगर्ने बताएको छ । यसै महिनाको सुरुमा इरानले इजरायलमा व्यालेष्टिक मिसाइलमार्फत आक्रमण गरेको थियो । सोही आक्रमणको बदला लिनका लागि प्रत्याक्रमण गरिएको इजरायलको दावी छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com