ह्यारिसलाई भोट दिन पूर्व प्रथम महिला ओबामाको आग्रह , ट्रम्पबाट अमेरिकालाई खतरा रहेको दावी


प्रकाशित मिति : कार्तिक १०, २०८१ शनिबार

पूर्व प्रथम महिला मिशेल ओबामाले उपराष्ट्रपति कमला ह्यारिसलाई भोट दिन आग्रह गर्नुभएको छ ।

पहिलो चुनावी अभियानमा सहभागी हुँदै मिशेल ओबामाले अमेरिकीहरूलाई डोनाल्ड ट्रम्पबाट देशलाई खतरा रहेको भन्दै त्यसबाट जोगाउन ह्यारिसलाई भोट हाल्न आग्रह गर्नुभएको हो ।

प्रमुख रणभूमि राज्य रहेको मिशिगनमा ओबामाले यो चुनाव आफूलाई मनपर्ने भन्दा निकै नजिक रहेको बताउनु भयो । मिशिगनको अर्को कार्यक्रममा डोनाल्ड ट्रम्पले राज्यको अटोमोटिभ उद्योगमा नयाँ जीवन ल्याउने वाचा गर्नुभयो ।

कालामाजूमा हजारौंको भीडलाई सम्बोधन गर्दै ओबामाले ट्रम्पलाई अनियमित व्यवहार र मानसिक गिरावट भएको भनेर कटाक्ष गर्नुभयो । उहाँले मतदाताहरूलाई कमला ह्यारिसलाई निर्वाचित खतरनाक परिणाम आउनसक्ने भन्दै सचेत समेत गराउनु भयो ।

ट्रम्पले नोवी मिशिगनमा आफ्नै र्यालीमा आप्रवासन, ऊर्जा र अर्थतन्त्रसम्बन्धी आफ्नो बारम्बार दोहोरिने चुनावी वाचाहरूलाई नै प्राथमिकता दिनुभयो ।

राष्ट्रिय मतदान औसतमा ह्यारिसलाई राष्ट्रिय रूपमा अलिकति अग्रता रहेको देखाइएको छ । तर ट्रम्पले सात प्रमुख रणभूमि राज्यहरूमध्ये पाँचमा झिनो अग्रता लिइरहनु भएको छ ।

मत सर्वेक्षणले ह्यारिसलाई ५ नोभेम्बरको चुनावको १० दिनअघि मिशिगनमा झिनो अग्रता देखाएको छ । यो राज्यका १५ इलेक्टोरल कलेज भोटहरूले कुनै एक उम्मेदवारलाई निर्णायक धार दिन सक्छन् ।

राष्ट्रपति जो बाइडेनले २०२० मा मिशिगनलाई झिनो अन्तरले जित्नुभएको थियो । जसले उहाँलाई राष्ट्रपति बनाउन सहयोग गरेको थियो । २०१६ मा यो राज्य ट्रम्पले झिनो अन्तरले हिलारी क्लिन्टनलाई पराजित गर्नुभएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com