इरानले इजरायलबिरुद्ध तत्काल थप आक्रमण नगर्ने सर्वोच्च नेता खमेनीको भनाई


प्रकाशित मिति : कार्तिक ११, २०८१ आईतबार

इरानका सर्वोच्च नेता आयतोल्ला अली खमेनीले इजरायली हमलाको तत्काल इरानले जवाफ नदिने बताउनु भएको छ । उहाँले यस हमलालाई कम महत्व भने इरानले नदिने बताउनु भएको हो । इरानले युद्धको चाहना नराखेको खमेनीले उल्लेख गर्नुभएको छ ।

तर राष्ट्रपति मसूद पेजेशकियनले भने उक्त हमलाको इरानले उचित जवाफ दिने प्रतिकृया दिनुभएको छ । उहाँले ईरानले युद्ध नचाहेको तर आफनो देशको सुरक्षा गर्ने दायीत्व सुरक्षित रहेको प्रस्ट पार्नुभएको छ । इजरायली हमलामा इरानका जना सैनिक मारिएका थिए ।

इरानले अक्टोबर १ मा इजरायलतर्फ लगभग २०० ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । इरानी हमलाहरूको जवाफमा शनिबार ईरानका केही सैन्य स्थानहरूमा हमला गरेर दिइएको इजरायलले बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानी हवाई रक्षा प्रणाली र मिसाइल निर्माण प्रणालीलाई गम्भीर क्षति पु¥याएको दावी गर्नुभएको छ ।

इरानी अधिकारीहरूले हमलाबाट भएको क्षतिलाई कम गर्दै सार्वजनिक गरेका देखिएको छ । अमेरिकी दबाबपछि इजरायलले ईरानका तेल र आणविक स्थलहरूलाई निशाना नवनाएको बताइएको छ ।

पश्चिमी राष्ट्रहरूले इरानलाई जवाफी हमला नगर्न आग्रह गरेका छन् । इजरायल र ईरान समर्थित हिजबुल्लाह तथा प्यालेस्टिनी सशस्त्र समूह हमासबीच संघर्ष जारी छ ।

इजरायलले ७ अक्टोबर, २०२३ मा हमासको आक्रमणपछि गाजामा हमला सुरु गरेको थियो । जसमा झन्डै १हजार २०० जनाको मृत्यु भएको थियो । त्यसयता गाजामा करिव ४३ हजार जनाको मृत्यु भएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com