बाइडेनद्वारा अग्रिम मतदान , कारण यस्तो रहेछ


प्रकाशित मिति : कार्तिक १३, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले अग्रिम मतदान गर्नुभएको छ। सन् २०२४ को आम निर्वाचन आउन एक साता बाँकी रहदै बाइडेनले अग्रिम मतदान गर्नुभएको हो ।

अग्रिम मतदानको कारण के हो उहाँले खुलाउनु भएको छैन । तर अमेरिकामा अग्रिम मतदानको व्यबस्था गरिएको छ ।

राष्ट्रपति बाइडेनले डेलावेयर राज्यको निर्वाचन केन्द्रमा मतदान गर्नुभएको हो । राष्ट्रपति बाइडेनले मतदानका लागि लाइनमा पर्खिरहेका मतदाताहरूसँग कुराकानी गर्नुभएको थियो ।

उहाँले मतदानका लागि करिब ४० मिनेट लाइनमा पर्खनुभएको थियो । अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर ५ मा मतदान हुँदैछ ।

आफ्नो स्वास्थ्यको बारेमा बढ्दो चिन्ता र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने न्यून सम्भावनाको बारेमा डेमोक्र्याटहरूको चिन्ताको कारण जुलाईमा आफ्नो पुनःनिर्वाचन अभियान समाप्त गर्ने बाइडेनले निर्णय गर्नुभएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com