शान्ति र स्थिरताको लागि ट्रम्पसंग मिलेर काम गर्न तयार रहेको नेटो महासचिवको भनाई


प्रकाशित मिति : कार्तिक २१, २०८१ बुधबार

नेटोका महासचिव मार्क रुटेले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शान्ति र स्थिरता प्रवर्द्धन गर्न मिलेर काम गर्ने आशा व्यक्त गर्नुभएको छ ।

ट्रम्पले राष्ट्रपतिको चुनाव जित्नका लागि आवश्यक २७० इलेक्ट्रोल मतहरूको नजिक पुगेका बेला नेटो महासचिवको यो प्रतिकृया आएको हो ।

आक्रामक रुस, आतंकवाद, चीनसँगको रणनीतिक प्रतिस्पर्धा, र चीन, रूस, उत्तर कोरिया र इरानको बढ्दो सँगठनात्मक सम्बन्ध समावेश रहेका रुटेले ट्रम्पलाई स्मरण गराउनु भएको छ ।

मिलेर काम गर्नुले आक्रमणलाई रोक्न, सामूहिक सुरक्षा सुनिश्चित गर्न र अर्थतन्त्रलाई बलियो बनाउन का लागि सहयोग पुराउने महासचिव रुटेले भन्नुभएको छ ।

रुटेले ट्रम्पको पहिलो कार्यकालमा नेटोका अमेरिकी साझेदारहरूलाई रक्षा खर्च बढाउन सहमत गराउन गरेको कामको प्रशंसा पनि उहाँले गर्नुभएको छ ।
उहाँले यस वर्ष नेटोका ३२ साझेदार राष्ट्रमध्ये लगभग दुई तिहाइ देशहरूले संगठनको मुख्य रक्षा खर्च लक्ष्य पूरा गर्न लागेको उल्लेख गर्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com