बाइडेन र ट्रम्पबीच भेटवार्ता हुँदै , छलफल परम्परा कि आवश्यकता ?


प्रकाशित मिति : कार्तिक २५, २०८१ आईतबार

अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुनेभएको छ ।

सन् २०२० को चुनावमा हार अस्वीकार गर्नुभएका ट्रम्पले नोभेम्बर ५ मा भएको मतदानबाट अमेरिकी राष्ट्रपति पदमा उल्लेखनीय बहुमतसहित पुनरागमन गर्नुभएको छ ।

राष्ट्रपति बाइडेनले व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। निवर्तमान र भावी राष्ट्रपतिहरूबीच यस प्रकारको भेटघाटलाई परम्परागत मानिन्छ ।

तर ट्रम्पले तत्कालिन समयमा राष्ट्रपति निर्वाचित बाइडेनलाई व्यवस्थित सत्ता हस्तान्तरण र भेटवार्ताका लागि निमन्त्रणा गर्नुभएको थिएन।

ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा भाग नलिई नजिर तोड्नुभएको थियो । तर ह्वाइट हाउसले डेमोक्र्याटिक राष्ट्रपति आगामी समारोहमा सहभागी हुने जनाएको छ ।

ह्वाइट हाउसका अनुसार पूर्व राष्ट्रपति ट्रम्पले निर्वाचनमा पाएको बहुमतसँगै निर्धारण गरिएको बाइडेन र ट्रम्पबीच हुने भेटवार्ता ‘ओभल अफिस’मा हुनेछ ।

फौजदारी अभियोग, पदमा रहँदा दुई पटक महाभियोग र आफ्ना पूर्व चिफ अफ स्टाफद्वारा ‘फाँसीवादी’ भएको आरोप खेप्नुपरेका पूर्व रियालिटी टिभी स्टारसमेत रहनुभएका ७८ वर्षीय ट्रम्पले पहिलेको भन्दा धेरै मतान्तरले जित हासिल गर्नुभएको छ ।

८१ वर्षीय राष्ट्रपति बाइडेनले बुधबार ट्रम्पलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र संयुक्त राष्ट्रसङ्घका लागि राजदूत निक्की हेलीलाई पुनः नियुक्त गर्न अस्वीकार गर्नुभएको छ । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com