ट्रम्पका मनोनयनमा रिपब्लिकनहरुको समर्थन


प्रकाशित मिति : मंसिर ३, २०८१ सोमबार

अमेरिकाका उच्च तहका रिपब्लिकनहरुले नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चयन गरिरहेका व्यक्तिहरुप्रति सन्तुष्टि जनाएका छन । राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले आगामी प्रशासनका लागि भन्दै बिभिन्न व्यक्तिहरुलाई जिम्मेवारी दिइरहनु भएको छ ।

रिपब्लिकनहरुले मनोनयन गरिएका व्यक्तिहरु यथास्थितिवादी नभएर परम्परालाई तोड्न सक्ने व्यक्तिहरु भएको भन्दै प्रशंसा गरेका हुन । संसदका सभामुख माइक जोन्सनले यो सोचबुझका साथ निर्णनै होला भनेर भन्नुभएको छ ।

ट्रम्पले आफ्नो प्रशासनका उच्च पदहरूमा नियुक्त गर्न चाहेका अधिकारीहरूको नाम घोषणा गरिरहनु भएको छ । उहाँले सम्बन्धित नीति अनुभवभन्दा आफ्ना निकट सहयोगीहरूलाई प्राथमिकता दिएको भन्दै कतिपयले आलोचना गरिरहेका छन ।

ट्रम्प निकटका व्यक्तिहरूका अनुसार, यदि चयन गरिएका उम्मेदवारहरूले अनुमोदनका लागि आवश्यक समर्थन जुटाउन सकेनन् भने बिकल्पहरुका बिषयमा पनि तयारी गरिएको छ ।

रक्षा मन्त्रीका लागि चयन गरिएको पीट हेगसेथले यौन दुर्व्यवहारको आरोप लागेको छ । तर उहाँले अस्वीकार गरिरहनु भएको छ ।

स्वास्थ्य मन्त्रीका लागि चयन गरिनु भएका रोबर्ट एफ केनेडी जुनियर खोप प्रतिरोधका बिषयमा दिनुभएको अभिव्यक्तिका कारण आलोचनाको सामना गरिरहनु भएको छ ।

राष्ट्रपति ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले आफ्ना पिताका उम्मेदवारहरूको बचाउ गर्दै राम्रो व्यक्ति नै चयन गरिएको बताउनु भयो बुबालाई सक्षम र विश्वासपात्र व्यक्तिहरूको घेरामा राख्नु हाम्रो लक्ष्य हो उहाँले भन्नुभयो । ऊर्जा मन्त्रीका लागि क्रिस राइट हुनु भएको छ ।

तेल उत्खनन कम्पनी लिबर्टी एनर्जीका संस्थापक र ऋभ्इ रहेका राइटलाई ट्रम्पको चुनावी वाचा ( जीवाश्म इन्धन उत्पादन बढाउने ) पूरा गर्ने जिम्मा दिइएको छ ।

राइटले जहाँबाट भएपनि ऊर्जा सुरक्षित, भरपर्दो, सस्तो र मानव जीवनका लागि फाइदाजनक हुनुपर्छ भनिरहनु भएको छ । उहाँले जलवायु परिर्तनका बिरुद्धमा भइरहेका प्रयासका कार्यक्रमहरुको आलोचना गर्दै आउनु भएको छ ।

राइटको नियुक्तिलाई जीवाश्म इन्धन उद्योगका लागि ठूलो सफलता मानिएको छ । ट्रम्पले नवीकरणीय ऊर्जा स्रोतहरूमा लगानी गर्नुको सट्टा अमेरिकी जीवाश्म इन्धन उत्पादन बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com