फ्रान्सले भन्यो : युक्रेनलाई निरन्तर सहयोगको आवश्यकता छ


प्रकाशित मिति : मंसिर ८, २०८१ शनिबार

फ्रान्सका विदेशमन्त्री जाँ नोएल बारोटले यूक्रेनलाई समर्थन गर्ने विषयमा कुनै रातो रेखा नरहेको बताउनु भएको छ ।

एक अन्तर्वार्तामा उहाँले फ्रान्सेली लामो दूरीका मिसाइलहरूलाई आत्मरक्षाको तर्क मा युक्रेनले रुसभित्र प्रहार गर्न सक्ने उल्लेख गर्नुभयो । तर फ्रान्सेली हतियारहरू पहिले नै प्रयोग भइसकेको हो कि होइन भनेर उहाँले पुष्टि गर्नुभएन ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोंले यस वर्षको सुरुमा फ्रान्सका मिसाइलहरू रुसभित्र प्रहार गर्न दिने आफ्नो तयारी रहेको बताउनु भएको थियो ।

बारोट लन्डनमा बेलायतका विदेशमन्त्री डेभिड लाम्मीसँग वार्ता गर्न पुग्नु भएको थियो । त्यहाँ पश्चिमा राष्ट्रहरूले यूक्रेनलाई समर्थन गर्न कुनै सीमा राख्नु हुँदैन भनेर सहमति जुटेको देखिएको छ ।

फ्रान्सेली सैनिकले युद्धमा भाग लिने सम्भावनाबारे सोध्दा उहाँले कुनै विकल्प अस्वीकार नगर्ने बताउनु भयो ।

यूक्रेनलाई आवश्यकतानुसार र लामो समयसम्म समर्थन गर्ने बताउदै उहाँले यो हाम्रो सुरक्षासँग प्रत्यक्ष सम्बन्धित छ । प्रत्येक पटक रुसको सेनाले एक वर्ग किलोमिटर क्षेत्र कब्जा गर्छ त्यो खतरा युरोपतर्फ एक किलोमिटर नजिकिन्छ उहाँले भन्नुभयो ।

उहाँले पश्चिमी देशहरूले आफ्नो रक्षा बजेट बढाउनुपर्ने आवश्यकता औंल्याउँदै यदि हामी धेरै गर्न चाहन्छौं भने हामीले बढी खर्च गर्नैपर्छ । र यो नयाँ चुनौतीलाई सामना गर्नुपर्छ उहाँले भन्नुभयो ।

पश्चिमा देशहरुले अब कसरी पुटिनका धम्कीहरू र यूक्रेनको जटिल परिस्थितिको सामना गर्ने भन्ने चुनौती रहेको छ ।

विशेषज्ञहरूका अनुसार पहिलो प्राथमिकता आर्थिक र सैनिक सहयोग निरन्तरता दिनु हो । युरोपले यूक्रेनका लागि आफ्नो आर्थिक सहायता तीन गुणा बढाउनु पर्छ र रुसका सम्पत्ति कब्जा गर्नुपर्दछ ।

यसबीच, बेलायतले यूक्रेनलाई दीर्घकालीन रूपमा सशक्त बनाउन जुलाईमा भएको सन्धिलाई प्राथमिकता दिने बताएको छ ।

सेप्टेम्बरको मध्य र अन्त्यतिर यूक्रेनले चारवटा रूसी गोला बारुद भण्डार नष्ट गर्न ड्रोनको प्रयोग गरेको थियो ।

जसले रुस र उत्तर कोरियाबाट आपूर्ति गरिएको ठूलो मात्रामा गोला बारुद ध्वस्त पारेको छ ।

यूक्रेनलाई सहयोग जारी राख्ने पश्चिमी देशहरूको दीर्घकालीन प्रतिबद्धताले मात्र यो संघर्षको समाधान सम्भव देखिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com