बसरको पतनपछि इजरायलले सिरियामा हमला गर्यो , सैन्य केन्द्रहरु निशानामा


प्रकाशित मिति : मंसिर २४, २०८१ सोमबार

इजरायलले सिरियामा हमला गरेको छ । इजरायली विमानहरूले राजधानी दमास्कर सहित देशभर दर्जनौं स्थानहरुमा हमला केन्द्रीत गरेका छन । बेलायतमा आधारित सिरियाली मानव अधिकार अवलोकन केन्द्र ले सिरियामा सैन्य केन्द्रहरूमा १०० भन्दा बढी हमला भएको छ ।

स्थानीय मिडियाका रिपोर्टहरू अनुसार रासायनिक हतियार उत्पादनसँग शङ्का गरिएको अनुसन्धान केन्द्रमा पनि आक्रमण गरिएको स्थलहरूमा पर्दछ ।

इजरायलले बसर अल असद शासनको पतन पछि अतिवादीहरूको हातमा हतियार नपुगुन भन्ने उद्देश्यले हमला केन्द्रीत गरेको बताएको छ ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले राष्ट्रपति बशर अल असदको पतनपछि देशको अवस्था छलफल गर्न सोमबार बैठक गरेको थियो । आक्रमणहरूले गर्दा UN को रासायनिक निगरानी निकायले सिरियाली अधिकारिकहरूलाई शंका गरिएको रासायनिक हतियारको स्टकपाइल सुरक्षित राख्न चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रको रासायनिक निगरानी निकाय, रासायनिक हतियार निषेध संगठन (OPCW) अनुसार, रासायनिक हतियार भनेको विषाक्त गुणहरूको माध्यमबाट जानाजानी मृत्यु वा हानि पुर्याउन प्रयोग गरिने रासायनिक पदार्थ हो ।

सिरियामा कति रासायनिक हतियारहरू छन् भन्ने स्पष्ट छैन । तर पूर्व राष्ट्रपति बशर अल असदले स्टकपाइल राखेका छन् भन्ने विश्वास गरिन्छ ।

सिरियाले २०१३ मा (OPCW) को रासायनिक हतियार प्रमाणपत्रमा हस्ताक्षर गरेको थियो । राजधानी दमास्कसका उपनगरहरूमा भएको रासायनिक हतियार आक्रमणमा १ हजार ४०० भन्दा बढी मानिसहरू मारिएका थिए ।

पश्चिमी शक्तिहरूले यस आक्रमणलाई सरकारले गरेको बताएका थिए । तर असदले विपक्षीलाई आरोप लगाउनु भएको थियो ।

(OPCW) र संयुक्त राष्ट्रले सिरियाली सरकारले घोषणा गरेको १ हजार ३०० टन रासायनिक पदार्थहरू ध्वस्त गरे तापनि देशमा रासायनिक हतियार आक्रमणहरू जारी रहेका छन् ।

२०१४ देखि २०१८ सम्म सिरियाली गृहयुद्धमा कम्तीमा १०६ पटक रासायनिक हतियारको प्रयोग भएको बिबिसीले अध्ययन गरेको रिर्पोटमा उल्लेख छ।

इजरायलले सिरियाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने रुचि नदिएको र केवल आफ्ना नागरिकहरूको रक्षा गर्नमा मात्र चासो राखेको दाबी गरेको छ । यसबीच रक्षा मन्त्री काट्जले इजरायली सेनाले मिसाइल र हवाई रक्षा प्रणालीहरू समेत ध्वस्त गर्नेछ ।

इजरायलका ताजा कदमहरू सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेर बशर अल असदको शासन पतन गराएपछि आएका हुन् ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले असद शासनको पतनलाई मध्यपूर्वमा ऐतिहासिक दिन भन्नुभएको छ । असद शासनले सिरियाली गृहयुद्धमा हिज्बुल्लाह र रसियाबाट धेरै समर्थन प्राप्त गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com