नागरिक अधिकार विभागको नेतृत्व ढिल्लनलाई दिने ट्रम्पको घोषणा
प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार
अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले न्याय विभाग अन्र्तगतको नागरिक अधिकार विभागको नेतृत्वका लागि क्यालिफोर्नियाकी कानुन व्यवसायी हर्मीत के ढिल्लनलाई मनोनयन गर्ने घोषणा गर्नुभएको छ ।
ढिल्लनले सार्वजनिक रूपमा, अदालतमा, र सामाजिक सञ्जालमा लामो समयदेखि ट्रम्पको समर्थन गर्दै आउनु भएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो छनोटको घोषणा गर्दै, ट्रम्पले ढिल्लनलाई नागरिक स्वतन्त्रताहरूको रक्षा गर्न निरन्तर उभिएको भनेर प्रशंसा गर्नुभयो ।
उहाँले सामाजिक सञ्जाल कम्पनीहरूविरुद्धको कानुनी कार्य, महामारीका बेला धार्मिक भेलाहरूमा लगाइएका प्रतिबन्धहरू, र श्रमिकहरूप्रति विभेदकारी नीतिहरू प्रयोग गर्ने कर्पोरेटहरू विरुद्धको कानुनी कार्यहरूको प्रशंसा गर्नुभयो ।
ढिल्लन एक कट्टरपन्थी कार्यकर्ता हुनुहुन्छ । गत वर्ष उहाँले रिपब्लिकन नेशनल कमिटीकी अध्यक्षविरुद्ध असफल चुनौती दिनुभएको थियो । सन् २०२० मा लयर्स फर ट्रम्प नामक समूहकी सह अध्यक्ष बन्नुभएको थियो । जसले राष्ट्रपति चुनावको परिणामलाई चुनौती दिएको थियो ।
रिपब्लिकन प्रशासनहरूले सामान्यतया नागरिक अधिकार विभागको कामलाई कम प्राथमिकता दिने प्रवृत्ति देखाएको भए पनि ढिल्लनले संस्कृति युद्धहरूमा सक्रिय रूपमा संलग्न एक वकिलको रूपमा आफुलाई चिनाउनु भएको छ । उहाँको फर्मले दक्षिणपन्थी मुद्दाहरूको समर्थनमा विशेष विशेषज्ञता राखेको छ ।
राष्ट्रपति ट्रम्पद्वारा देशको नागरिक अधिकार एजेन्डामा सहयोग पुर्याउन मनोनयन पाउनु मेरो लागि अत्यन्त गर्वको कुरा हो, ढिल्लनले सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ ।