तेस्रो राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
प्रकाशित मिति : मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिता-२०८१ को अन्तर्गतको पहिलो दिन छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघले वार्षिक रुपमा राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ ।
काठमाडौँको गल्फुटार स्केटपार्कमा भएको प्रतियोगिताको पहिलो दिनमा दुई सय ५० जना पुरुष र एक सय ५० जना महिला खेलाडीहरुको छनोट चरणका खेलहरु भएको आयोजक संघका केन्द्रीय महासचिव सत्य थापाले जानकारी दिनुभयो ।
दुई दिनसम्म चल्ने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंक लाल घिसिङ्गले आइतबार उद्घाटन गर्ने कार्यक्रम रहेको थापाले बताउनुभयो ।
पुरुष र महिलातर्फ खुल्ला फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिता अन्तर्गत प्रथम हुनेले रु प्रन्ध हजार, दोस्रो हुनेले दशहजार र तेस्रो हने ५ हजार नगदसहित मेडल तथा प्रमाण-पत्र प्राप्त गर्नेछन् । साथै, प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने छ ।
रोल्लर स्केट खेल अन्र्तगत फ्रि स्टाईल विधामा जिकज्याक विधा खेलाईने आयोजक संघका महासचिव थापाले जानकारी गराउनुभयो ।