फिजीको पाँचतारे रिसोर्टमा मदिरा सेवन गरेपछि अमेरिकीसहित ७ जना अस्पताल भर्ना


प्रकाशित मिति : पुस १, २०८१ सोमबार

फिजीमा ७ जना विदेशी पर्यटकलाई अस्पताल भर्ना गरिएको छ । पाँचतारे रिसोर्टको बारमा ककटेल पिएपछि ७ विदेशीलाई अस्पताल भर्ना गर्नु परेको हो । विषाक्त मदिराका कारण यो अबस्था आएको अनुमान गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार चार जना १८ देखि ५६ वर्ष उमेर समूहका अष्ट्रेलियाली पर्यटक छन् । बाँकी एक जना अमेरिकी नागरिक र दुई जना फिजीमा बसोबास गर्ने विदेशी हुन् ।

यो घटना दक्षिणपूर्वी एसियाली राष्ट्र लाओसमा म्याथानोल विषाक्तताको कारणले छ जना पर्यटकको मृत्यु भएको केही हप्तापछि भएको हो ।

ती सात जनाले वारविक फिजी रिसोर्टको बारमा ककटेल पिएका थिए । त्यसपछि उनीहरूलाई वाकवाकी, वान्ता र स्नायु प्रणाली सम्बन्धी समस्या देखिन थालेको थियो ।

वारविक फिजी होटलले यस घटनालाई “गम्भीरतापूर्वक” लिइरहेको र अनुसन्धान भइरहेको जनाएको छ । फिजी प्रहरीले यस घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ।

अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागले पर्यटकहरूलाई फिजीमा मदिरा विषाक्तता र ड्रिंक्समा नशालु पदार्थ मिसाउने जोखिमप्रति सतर्क रहन सल्लाह दिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com