युक्रेनीहरूलाई जाडोबाट जोगाउन बेलायतले ३ करोड ५० लाख पाउन्ड सहयोग पठाउने
प्रकाशित मिति : पुस २, २०८१ मंगलबार
बेलायत सरकारले चिसो मौसमको सामना गरिरहेका युक्रेनीहरूलाई राहत दिन ३ करोड ५० लाख पाउन्ड सहयोगको घोषणा गरेको छ ।
बेलायत सरकारको विवरणअनुसार २ करोड पाउन्ड विद्युत् सञ्जाल पुनःस्थापना र युक्रेनी पूर्वाधार संरक्षणमा खर्च गरिनेछ ।
थप १ करोड ५० लाख पाउन्ड ‘तापक्रम घट्दै गएको बेला सबैभन्दा बढी आवश्यकता भएकाहरूलाई जीवनरक्षक मानवीय सहयोग’ प्रदान गर्न उपलब्ध गराइनेछ ।
रुसले फेरि युद्धग्रस्त युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गर्दै आफ्नो सबैभन्दा ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ ।
युक्रेनी डिटिइके पावर प्रदायकले आक्रमणले केही युक्रेनी विद्युत् संयन्त्रलाई ‘गम्भीर क्षति’ पुर्याएको र हजारौँ मानिसको बिजुली बन्द भएको बताएको छ ।
युक्रेनी परिवारहरूले चिसो, अँध्यारोका रातहरू सहिरहेका छन । प्रायः तताउने, प्रकाश वा बिजुली बिना, रुसको लगातार मिसाइल आक्रमणले लक्षित गरेको छ बेलायती प्रधानमन्त्री किर स्टारमरले भनेका छन ।
युक्रेनका अनुसार वर्षको सुरुआतदेखि रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि कम्तीमा ११ ठूला स्तरका आक्रमण गरेको छ ।
युक्रेनीहरू अहिले युद्धको तेस्रो जाडो बिताइरहेका छन् । बेलायत सरकारले ऊर्जा कम्पनीहरू टु रिभर्स डिएमसिसि र टु रिभर्स पिटिई लिमिटेडलाई पनि स्वीकृति दिएको छ । ती कम्पनी ‘रूसी तेलको कारोबारमा महत्त्वपूर्ण कडी’ मानिन्छन् ।
स्टारमरले पश्चिमी प्रतिबन्धहरूलाई बेवास्ता गर्ने तेल ट्याङ्करहरूलाई थप कारबाहीको घोषणा गर्नुभयो ।
पछिल्लो प्रतिबन्धले १६ वटा जहाजलाई लक्षित गरेको छ ।
ब्रिटिश सरकारले अहिलेसम्म रूसी ऊर्जा ढुवानी गर्ने १०० भन्दा बढी जहाजमाथि प्रतिबन्ध लगाएको बताएको छ । यसका कार(ा ट्याङ्करहरू ‘बन्दरगाह बाहिर निष्क्रिय’ भएका छन् ।