ट्रम्पको समर्थनमा ल्याइएको वित्तीय प्रस्ताव रिपब्लिकनकै असहयोगमा विफल , सरकार आंशिक सटडाउनमा


प्रकाशित मिति : पुस ४, २०८१ बिहीबार

अमेरिकी सरकारको आंशिक सटडाउन टार्न ल्याइएको नयाँ योजना असफल भएको छ । यो असफलता संगै शुक्रबार रातिदेखि सटडाउन सुरु हुन सक्ने संभावना बढेको छ । बिहीबार राति रिपब्लिकन नेताहरूले उक्त योजनालाई पारित गराउन असफल भए ।

यसमा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको ऋण सीमा बढाउने,वा पूर्ण रूपमा हटाउने माग समावेश थियो । तर यो प्रस्तावको बिरुद्धमा ३८ जना रिपव्लिकनहरुले नै मतदान गरेका छन ।

यो असफलतापछि हजारौं संघीय कर्मचारीहरूले तलबबिना काम गर्नुपर्ने, केहीलाई बिदामा पठाउनुपर्ने, र कैयौं सरकारी सेवाहरू प्रभावित हुन सक्ने सम्भावना बढेको छ ।

डेमोक्र्याटहरूले रिपब्लिकनहरूलाई यसका लागि जिम्मेवार ठहराएका छन् । उनीहरूले ट्रम्प र उनको सहयोगी एलन मस्कले सभामुख माइक जोन्सनले प्रस्ताव गरेको सम्झौता तोडेको आरोप लगाएका छन ।

तर रिपब्लिकनहरूले ट्रम्प र जोन्सनको मागविपरीत आफ्नो मत दिने कार्यको बचाउ गरेका छन । कतिपयले संभावित बन्दाबन्दी लाई स्वीकार्ने संकेतसमेत दिएका छन ।

टेनेसीका प्रतिनिधि टिम बुर्चेटले आफ्नो मतलाई आफ्नो अन्तरात्माको आवाज भनेर व्याख्या गरेका छन । प्रस्ताव असफल भएपछि सभामुख माइक जोन्सनले लगभग एक घण्टा रिपब्लिकनहरूसँग छलफल गरेपछि नयाँ समाधान निकाल्ने बताए ।

उपराष्ट्रपति निर्वाचित जे डी भान्सले सरकार बन्दाबन्दीको लागि डेमोक्र्याटहरूलाई दोष लगाए । ट्रम्पको समर्थनमा ल्याइएको यो वित्तीय प्रस्ताव असफल भएपछि के हुनेछ भन्ने अझै स्पष्ट छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com